आज माघ महिनाको अन्तिम दिन, ह्वात्तै घट्यो सुनको मूल्य

हाम्रो सन्देश संवाददाता

काठमाडौँ , १ फागुन ।

लगातार बढेर ऐतिहासिक कीर्तिमान कायम गरेको सुनको मूल्य बुधबार भने घटेको छ।

नेपाली बजारमा मंगलबार अहिलेसम्मकै उच्च मूल्य कायम गरेको सुन बुधबार ७ सय रुपैयाँले घटेर ७० हजार ३ सय पुगेको छ। मंगलबार एक तोला छापावाल सुनको मूल्य ७१ हजार पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस १५ सय डलर पुगेको छ। विश्व बजारमा लगातार बढीरहेका कारण नेपालमा सुनको मूल्य बढेको हो। यस्तै, अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुँदा पनि नेपालमा सुनको मूल्य बढीरहेको छ।

भारतीय मुद्रा सँग नेपाली रुपैयाँ पेग भएकाले भारतको मुद्रा कमजोर हुँदा विश्व बजारमा नेपाली मुद्रा पनि कमजोर हुन्छ। अहिले भारतको जम्मु कश्मिरमा भएको द्वन्द्वले गर्दा भारतीय मुद्रा कमजोर भएको छ।

आज तेजावी सुन प्रतितोला ७० हजारमा विक्री भइरहेको छ। यस्तै, चाँदीको मूल्य भने पनि घटेको छ। मंगलबार ८ सय ३५ रुपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य बुधबार ८ सय २० मा झरेको छ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।