सपनाका अ श्ली ल फोटो बाहिरिएपछि खोलिन् सपनाले बास्तविकता, अब जे गर्छ कानूनले गर्छ भन्दै सर्मिलासँग गरिन् यस्तो खुलासा

हाम्रो सन्देश संवाददाता

काठमाडौँ , १ फागुन ।

वेवारिसे शवको ब्यवस्थापनमा लागेर बीबीसीमा शक्तिशाली महिलाका रुपमा नाम निकालेकी सपना मगरको अ श्लि ल तस्बिर र भिडियो सार्वजनिक भएपछि उनले मुख खोलेकी छन् । उनले पहिलेकी सहकर्मी शर्मिलाले गरेको फोनको जवाफ दिँदै मुख खोलेकी हुन् ।

यस्तो काम विनयजंग बस्नेत बाहेक अरुले गर्नै नसक्ने भन्दै उनले आफूले पहिले बाबु भनेका बस्नेतमाथि आरोप लगाएकी छिन् । फोनमा उनले केही समय प्रतिक्षा गर्नुहोस् सबै बास्तविकता बाहिरिन्छ र अब जे गर्छ कानूनले गर्छ भनेकी छिन् ।

उनका त्यस्ता भिडियो र तस्बिर कसले सार्वजनिक गरेको हो भन्ने कुराको खोजी थालिएको छ । सपनालाई वेवारिसे शव ब्यवस्थापनको काममा मौका दिएका विनयजंग बस्नेतका बारेमा नराम्रा कुरा सार्वजनिक भएपछि त्यसको बदलामा यि तस्बिर सार्वजनिक गरिएको हुनसक्ने अनुमान यस अघि नै गरिएको थियो ।

सपनाले आफ्ना ति तस्बिर वास्तविक नभएको र कसैले वदनाम गर्न एडिट गरेका तस्बिर सामाजिक सञ्जालमा भाइरल गराएको हुनसक्ने बताएकी छन् ।

उनले यस विरुद्ध अब आफु कानुनी रुपमा जाने पनि बताएकी छन् । सार्वजनिक रुपमा छोरी मानेको सपनालाई विनयजंगले अस्वभावीक ब्यवहार गरेको भन्दै मिडियामा सार्वजनिक भएपछि अहिले सपनाका पनि नराम्रा तस्बिर सामाजिक सञ्जालमा भाइरल गराइएका छन् ।

सपना र विनयजंगको समुह अलग भए पछि बदला लिन एक अर्का विरुद्ध यस्ता अभिब्यक्ति र तस्बिर सार्वजनिक गरिएको अनुमान लगाउन सकिन्छ । सपनाका नितान्त ब्यक्तिगत कुरा र उनका विगतलाई पनि मिडियामा छताछुल्ल बनाइएको छ ।

सपनाको बुवा आमाले विनयंले सपनालाई छोरीको जस्तो ब्यवहार नगरेको आरोप लगाए पनि सपनाले प्रत्यक्ष रुपमा केही भनेकी छैनन् । उनले मिडियामा आएका कुराहरुका विषयमा मैले बोल्नु आवश्यक छैन । सबै कुरा सार्वजनिक भएकै छन् भन्दै भिडियो सार्वजनिक गरेकी छन् ।