दिन भर चौकी धाउदा पनि मैले न्याय पाइन मलाई देह’त्याग गर्न बाध्य पारिदैछ : सपना रोका मगर

हाम्रो सन्देश संवाददाता

काठमाडौँ , १ फागुन ।

वेवारिसे शव ब्यवस्थापनमा सकृय सपना रोका मगर र उनले अभिभावक मानेका विनयजंग बस्नेतबीचको विवाद अहिले सामाजिक सञ्जालमा छताछुल्ल भएको छ । सपनाका बारेमा अनेक लाच्छना लगाउँदै विनयजंग सामाजिक सञ्जालमा खुला चेतावनी सहित आएका छन् । उनले सपनाका नराम्रा तस्बिर र भिडियो आफुसंग मोवाइल र पेन ड्राइभमा पनि छ भन्दै सपनाले अति गरे सार्वजनिक गरिदिने चेतावनी सार्वजनिक रुपमै गरेका छन् ।

यतिञ्जेल चुपचाप बसेकी सपना रोका मगरले सामाजिक सञ्जालमा आफ्नो कुरा सार्वजनिक गरेकी छन् । सपनाले विनयजंगले आफु माथि गरेका कृयाकलाप विरुद्ध प्रहरीमा उजुरी दिए पनि कुनै सुनुवाई नभएको भन्दै गुनासो गरेकी छन् ।

एक टेलिभिजनकर्मीले लेखेको स्टाटसमा कमेन्ट लेख्दै अहिले सम्म कानुनले आफुलाई न्याय दिन्छ भन्ने विश्वासमा विनयजंगका विरुद्ध केही नबोलेको भएपनि आफुले न्याय नपाएको गुनासो गरेकी छन् । उनले लेखेकी छन्, यति धेरै चरित्र माथि धावा बोल्दा पनि कानुन छ न्याय पाउँछु भनेर चुप लागेँ ।
पछिल्लो समय आफूले कुनै समय छोरी मानेकी सपना बिरुद्ध उग्र अभिब्यक्ति दिएका विनयजंग बस्नेत अहिले फरार भएको खुुलेको छ । सपना रोका मगर विनयजंग बिरुद्ध उजुरी लिएर प्रहरीकहाँ पुगेपछि उनी फरार रहेको खुलेको हो ।

यस कुराको पुष्टि बेवारिसे श’व ब्यवस्थापनमै सक्रिय आकांक्षा पोखरेलले फेसबुक मार्फत पनि गरेकी छिन् । यसो त पत्रकार युवराज कँडेलको फेसबुक स्टाटसमा कमेन्ट गर्दै सपनाले पनि आफू चौकी गएको तर विनयजंगलाई कारवाही हुन नसकेको बताएकी छन् ।

पत्रकार युवराज कँडेल फेसबुकमा लेख्छन्, बिनयजग बस्नेतले सपना रोकाको फोटो भिडियो मोबाईलमा मात्रै होइन पेन ड्राइभभरी छ भन्दै खुलेआम सार्बजनिक मिडियामा ध म्की दिइरहेका छन् ।

बिनयजग बस्नेतले सपना रोकाको फोटो भिडियो मोबाईलमा मात्रै होइन पेन ड्राइभभरी छ भन्दै खुलेआम सार्बजनिक मिडियामा धम्की…

Posted by Yuvraj Kandel on Thursday, February 11, 2021