सुनको मुल्य घट्यो, चाँदीको बढ्यो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३० माघ ।

साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन प्रतितोला ६०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ६०० रुपैयाँ घटेको छ । आज तेजावी सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य भने तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला १ हजार ३०० सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल आयल निगम : ‘ पेट्रोलियम पदाथमा मूल्य वृद्धि’

भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ ।

निगमले बुधबार विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ ।

निगमले खाना पकाउने ग्यासमा लामो समयपछि मूल्यवृद्धि गरेको हो ।

निगमले हवाई इन्धनको मूल्य भने यथावत कायम राखेको छ । निगमले दैनिक साढे ६ करोड बराबरको नोक्सानी हुँदै आएको भन्दै पेट्रोलियम पदार्थको भाउ बढाउनु पर्ने बताउँदै आएको थियो ।