पूर्वप्रधानमन्त्री खनाल दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ३० माघ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका छन् । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका वरिष्ठ नेता समेर रहेका खनाल नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि शुक्रबार विहान भारत गएका थिए । खनालमा उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्या रहेको बताइएको छ ।

खनाललाई एपोलो अस्पतालमा राखिएको भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले सामाजिक संजालमार्फत जानकारी दिए । आचार्यले खनाल भर्ना भएको अस्पतालमा पुगेर भेट गरेका थिए । राजदूत आचार्यले शीघ्र पूर्ण स्वास्थ्यलाभको शुभकामना पनि गरेका छन् । खनाल श्रीमतीसहित आजै दिल्ली गएका थिए ।

ओलीका २ मन्त्री प्रचण्ड तिर २ मन्त्री बाबुराम तिर, को कता तिर हेर्नुस्

लामो समयको त्याग बलिदानी र दसवर्षे सशस्त्र जनयु’द्धको मुख्य जगमा १९ दिने जनआ’न्दोलन समेतको योगफलस्वरूप प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिताजस्ता राजनीतिक उपलब्धिहरू क्रमशः खारेज गर्दै प्रकारान्तरले ०४७ कै राजतन्त्रात्मक रूढीवादी–प्रतिक्रियावादी संसदीय व्यवस्थाको पुनरूत्थान गर्न लागेको खड्ग ओली नेतृत्वको कामचलाउ सरकारमा पछिल्लो चरण थपिएका चार जना मन्त्रीहरू नै ओली समूह प’रित्याग गर्ने तयारीमा लागेको बुझिएको छ ।

विगतमा माओवादी आन्दोलनका नेता रहे तापनि पछिल्लो समय ओली समूहतिर लागेका चार मन्त्रीमध्ये दुई जना डा. बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) तिर लाग्ने भएका छन् । डा. भट्टराईसँग उनीहरुको छलफल निष्कर्षनजिक पुगेको निकटस्थ स्रोतहरुले न्युजकोसेलीलाई बताएका छन् ।

त्यसैगरी अरु २ मन्त्रीहरु प्रचण्डसँग छलफलमा रहेको र ओली समूह परित्याग गरेर नेकपामै फर्कने लगभग सहमति भैसकेको उल्लेख गर्दै अबको केही दिनभित्र परिणाम देखिइसक्ने स्रोतको दावी छ । विगतमा माओवादी एकीकृत रहँदा अध्यक्ष प्रचण्डनिकट भनी चिनिएका केही र तत्कालीन वरिष्ठ नेता एवं उपाध्यक्ष बाबुराम भट्टराई निकट भनी चिनिएका केही पूर्वमाओवादीहरु अहिले ओली समूहमा छन् ।

ठ्याक्कै को–को बाबुरामतिर र को–को प्रचण्डतिर फर्कंदैछन् भन्नेबारे नाम खुलाउन नचाहे तापनि स्रोतले भन्यो– ‘तपाईंहरु स्वतः चिन्नुहुन्छ नि, प्रचण्डसँग २५औं वर्ष निकट सम्बन्धमा रहेर काम गरेका को हुन् अनि बाबुरामसँग २०औं वर्षभन्दा बढी घनिष्ठ सम्बन्धमा को–को थिए ?’ टोपबहादुर रायमाझी, मणि थापा, गौरीशंकर चौधरी, दावा तामाङ, प्रभु साह, लेखराज भट्ट र रामबहादुर थापामध्ये तीन जनाबाहेक सबैले ओली समूह छाड्ने निश्चित भैसकेको स्रोतको दावी छ ।

‘केही दिन धैर्य गर्नु न सबै कुरा व्यवहारले नै बताइहाल्छ नि,’ प्रचण्डनिकट स्रोतले भन्याे– ‘अहिले जो जता लागे पनि केही महिनापछि प्रचण्ड–बाबुरामसहित ती साथीहरु नेकपामै ध्रुवीकृत हुने गरी उच्चस्तरमा फेरि अर्को गृहकार्य सकारात्मक दिशातिर अघि बढिसकेको छ ।’ उसो त बुधबार राजधानीमा सम्पन्न वृहत् जनसभामा सम्बोधन गर्ने सिलसिलामा अध्यक्ष प्रचण्डले नै ओलीका दुई जना मन्त्री नै आफूसँग आउने गरी छलफलमा रहेको कुरालाई पुष्टि नै गरिसकेकै छन् ।