काठमाडौँ, ३० माघ ।
महिला लघुवित्त वित्तीय संस्थाले आइपिओ बिक्री शुक्रबारदेखि खुला भएको छ । लघुवित्तको ४ लाख कित्ता आइपीओ बिक्री खुला भएको हो । यसमा ९५ हजार कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । बाँकी ३ लाख ७५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लघुवित्तको आइपीओ फागुन २ गतेसम्म भर्न सकिनेछ ।
पछिल्लो समय आइपिओमा माग भन्दा ज्यादा आवेदन पर्न थालेपछि आइपिओ पाउन भाग्यमै भर पर्नुपर्ने भएको छ । १० कित्ताका दरले आइपिओ भाग लगाउँने हो भने यसमा जम्मा ३७ हजार ५ सय जना लगानीकर्ताले पाउने देखिन्छ ।
यसकारण महिलाको आइपीओमा १० कित्ताका लागि आवेदन दिन उचित हुन्छ। यो आइपीओमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्दैछ ।