काठमाडौं, ३० माघ ।
शुक्रबार सुनको मूल्य घटेसँगै चाँदी भने सामान्य बढेको छ । सुन प्रति तोलामा ६ सय रुपैयाँले घटेर ९० हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार पनि तोलामा ४ सय रुपैयाँले घटेर तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, महासङ्घका अनुसार तेजाबी सुन ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । बिहीबार तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर १३ सय २० रुपैयाँ पुगेको छ ।
दैलेखमा पेट्रोलियम अन्वेषणको ड्रिल गर्ने कार्य तिहारपछि मात्रै
भूगर्भ विभागले दैलेखमा पेट्रालियम पदार्थ अन्वेषणको ड्रिल गर्ने काममा ढिलाइ गरिरहेको छ । विभागले ड्रिल गर्ने मिति तीन पटक सारिसकेको छ । गत मङ्सिरदेखि ड्रिल सुरु गर्ने बताएको विभागले कोरोना भाइरसका कारण मङ्सिरमा सम्भव नभएको भन्दै फागुनदेखि ड्रिल गर्ने जनाएको थिया ।
अहिले भने आगामी तिहारपछि मात्र ड्रिल गरिने तयारी रहेको विभागका उपनिर्देशक सुधीर रजौरेले जानकारी दिए । लामो समयको बन्दाबन्दीका कारण ड्रिल उपकरण ल्याउन नसकिएको र चिनियाँ अध्ययन टोली नेपाल आउन ढिलाइ हुँदा मिति सारिरहनु परेको छ ।
ड्रिल गर्ने उपकरण चैतमा ल्याइने भएको छध्र चैत दोस्रो हप्ता चीनको अध्ययन समूह ड्रिल गर्ने उपकरणसहित नेपाल आउने तयारी गरेको उपनिर्देशक रजारेले जानकारी दिए । अध्ययन समूहले ड्रिल गर्ने‚थानको पहिचानसहितको प्रतिवेदन विभागलाई पठाइसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।