काठमाडौँ, २९ माघ ।
एनसेल कम्पनीले थ्रीजीबाट फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकका लागि आकर्षक बोनस योजना ल्याएको छ । यस योजना अन्तर्गत फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकले २ जीबी फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । यो आकर्षक योजना एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो ।
द्रुतगतिको मोवाइल ब्रोडब्याण्ड फोरजीका साथ विभिन्न अनलाइन गतिविधिहरु जस्तै गेम्स्, भिडियो स्ट्रिमिङ, अनलाइन कक्षा, सामाजिक सञ्जालको प्रयोग लगायत विविध कार्यहरु सजिलै गर्न सकिन्छ । सिम अपग्रेड गर्न एनसेल ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारीक बिक्रेता मार्फत आफ्नो सिमकार्ड सजिलै बिना कुनै शुल्क फोरजीमा अपग्रेड गर्न सक्छन् । ग्राहकले आफ्नो प्रयोगमा रहेको थ्रीजी सिमकार्ड दिई फोरजी सिम लिएर द्रुत गतिको इन्टरनेट सेवाबाट फाइदा लिन सक्छन् ।
यो योजना अन्तर्गतको बोनस फोरजी डेटा ७ दिनको लागि मान्य रहनेछ । फोरजीमा अपग्रेड गरेपछि ग्राहकले पाउने अरु सेवा सुविधामा डेटा प्याक खरिदमा बोनस डेटा, राम्रो डेटा सेवाको अनुभव, कन्ट्याक्ट तथा एसएमएस सेभ गर्न अझै धेरै मेमोरी लगायतका सुविधा प्राप्त गर्छन् ।
फोरजी सेवा प्रयोगको लागि ग्राहकलाई फोरजी सिम, फोरजी सपोर्ट गर्ने मोवाइल र फोरजी नेटवर्क कभरेज भएको ठाउँ हुनुपर्दछ । ग्राहकले आफूले प्रयोग गरेको सिमकार्ड फोरजी सिम हो कि होइन भनेर *३२४# डायल गरी वा अंग्रेजीमा अक्षर ठुलो ‘Q’ लेखि ३२४ मा एसएमएस पठाई स्टेटस् थाहा पाउन सक्छन् । स्रोत: टेकपाना
पुरा भिडीयो हेर्न लिंक किल्क गर्नुहोला !
https://www.youtube.com/watch?v=WmCfjQWvORA&t=43s