झाँक्री पक्राउप्रति गगन थापाको आक्रोश : प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २९ माघ ।

नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेता थापाले सामाजिक सञ्जाल ट्विटरमा सरकारलाई प्रश्न गरेका छन्, कर्तव्य निर्वाह छाडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ?

उनले सत्यको पक्षमा बोल्ने मुख सरकारले देखाएको त्रासले बन्द नहुने भन्दै झ्यालखानाको सङ्ख्या थप्न भनेका छन् । केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको भन्दै पक्राउ गरिएको हो ।

रामकुमारी झाक्रीलाई पक्राउ गर्ने कुरा स्वार्थ पुर्ती गर्ने षड्यन्त्र हो : प्रभाकर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले रामकुमारी झाक्री लाई पक्राउ गर्नु नागरिक स्वतन्त्रताको हनन् भएको बताउँनु भएको छ ।
नेता प्रभाकारले सामाजिक सञ्जालमार्फत नेतृ झाक्रीलाई झाक्री लाई पक्राउ गर्ने कुरा देशलाई मुडभेटमा लगेर आपनो निहित स्वार्थ पुर्ती गर्ने षड्यन्त्र भएको समेत आरोप लगाउनु भएको छ । उहाँले लेख्नुभएको छ , ‘रामकुमारी झाक्री लाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन देशलाई मुडभेटमा लगेर आपनो निहित स्वार्थ पुर्ती गर्ने षड्यन्त्र हो ।’

राष्ट्रपति विद्यादेवि भण्डारीको विरुद्धमा दिएको अभिव्यक्तिको विषयलाई लिएर नेतृ रामकुमारी झाक्रीलाई सोधपुछको लागि प्रहरीले पक्राउ गर्न खोजेको छ । नेतृ झाक्रीले अहिले भर्खर पक्राउ पुर्जि पाएकोले गिरफ्तारी दिन तयार भएको बताउनु भएको छ ।

पुरा भिडीयो हेर्न लिंक किल्क गर्नुहोला !