निर्देशक राई भन्दैछन् बिस्तारै बिस्तारै

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

नेपाली सिनेमाको क्षेत्रमा तीन दशक बढी कोरियोग्राफरका रुपमा काम गरिसकेका गोविन्द राई पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा सकृय देखिएका छन् ।

उनले आफ्नै लगानीमा बनेको ‘नागबेली’ नामक चलचित्र समेत निर्देशन गरेका नृत्य निर्देशक राईले ‘बिस्तारै बिस्तारै’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

भिडियोमा यशराज गराच र एलिजा गौतमलाई देख्न सकिन्छ । प्रताप दास र कविता श्रेष्ठको आवाज रहेको रोम्यान्टिक गीतको शब्द राजेश कुमार श्रेष्ठ, संगीतकार एलिस कार्की, हुन् । छायांकन, सम्पादन तथा कलरिङ दिपेन बस्न्यात, श्रृंगार अनिता ग्वाचा, कोरियोग्राफी ज्ञानु सुब्बाले गरेका छन् ।

भिडियो गोबिन्द राईको आफ्नै युट्युव च्यानल ईन्टरटेनमेन्ट प्रालि मार्फत सार्वजनिक भएको हो ।

पुरा भिडीयो हेर्न लिंक किल्क गर्नुहोला !

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।