काठमाडौँ, २९ माघ ।
नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड(नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ पुर्जी दिइएको छ।
बिहीबार उनको निवास शंखमुलमा पुगेर प्रहरीले राज्यविरूद्धको कसुर गरेको भन्दै प्रहरीले पक्राउ पुर्जी दिएको हो। पक्राउ पुर्जी पाएपछि नेतृ झाँक्री गिरफ्तारी दिन तयार भएकी छन्।
रामकुमारी झाक्रीलाई पक्राउ गर्ने कुरा स्वार्थ पुर्ती गर्ने षड्यन्त्र हो : प्रभाकर
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले रामकुमारी झाक्री लाई पक्राउ गर्नु नागरिक स्वतन्त्रताको हनन् भएको बताउँनु भएको छ ।
नेता प्रभाकारले सामाजिक सञ्जालमार्फत नेतृ झाक्रीलाई झाक्री लाई पक्राउ गर्ने कुरा देशलाई मुडभेटमा लगेर आपनो निहित स्वार्थ पुर्ती गर्ने षड्यन्त्र भएको समेत आरोप लगाउनु भएको छ । उहाँले लेख्नुभएको छ , ‘रामकुमारी झाक्री लाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन देशलाई मुडभेटमा लगेर आपनो निहित स्वार्थ पुर्ती गर्ने षड्यन्त्र हो ।’
राष्ट्रपति विद्यादेवि भण्डारीको विरुद्धमा दिएको अभिव्यक्तिको विषयलाई लिएर नेतृ रामकुमारी झाक्रीलाई सोधपुछको लागि प्रहरीले पक्राउ गर्न खोजेको छ । नेतृ झाक्रीले अहिले भर्खर पक्राउ पुर्जि पाएकोले गिरफ्तारी दिन तयार भएको बताउनु भएको छ ।
पुरा भिडीयो हेर्न लिंक किल्क गर्नुहोला !
https://www.youtube.com/watch?v=WmCfjQWvORA&t=43s