काठमाडौं, २९ माघ ।
नेकपाको प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि प्रहरीले बोलाएको छ । प्रहरीले सोधपुछका लागि बोलाए पनि झाँक्रीले महानगरीय अपराध महाशाखा जान अस्वीकार गरेकी छिन् ।
केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर ओली समूहको अखिल नेपाल महिला सङ्घले झाँक्रीलाई कारबाही गर्न माग गरेपछि प्रहरीले सोधपुछका लागि बोलाएको हो । (हिजो) बुधबार काठमाडौंमा भएको प्रचण्ड-नेपाल समूहको आमसभामा झाँक्रीले आफूविरुद्ध लगाइएको आरोपको विरोध गरेकी थिइन् ।
रामकुमारी झाँक्री मन्चमा पुगेर जब नेताहरुकै अगाडी कपडा खोल्न थालिन्
राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गरेर दिएको अभिब्यक्तिका कारण अहिले प्रहरी उनलाई पक्राउ गर्ने तयारीमा छ । उनी बाग्लुगंमा पार्टी कार्यक्रमका लागि पुगेकी थिइन् । बुधवार आन्दोलनरत नेकपाले काठमाडौमा आयोजना गरेको विरोध सभामा सहभागी हुन उनी काठमाडौ आइपुगीन् । उनलाई काठमाडौ प्रवेश गर्ना साथ पक्राउ गर्ने योजना प्रहरीको थियो । तर रामकुमारी एकै पटक मञ्चमा पुगीन् ।
आफुलाई प्रहरीले पक्राउ गर्न खोज्दैछ भन्ने थाहा पाएकी रामकुमारीले बुधवारको कार्यक्रममा फरक शैली प्रस्तुत गरिन् । उनी मुखमा कालो टेप टाँसेर मञ्चमा पुगेकी थिइन् । प्रतिगमन मुर्दावाद लेखिएको कपडा लगाएकी उनले भाषण गर्न माइक अगाडी पुग्नु अघि त्यो लुगा फुकालिन् । मञ्चमा पुगेर मुखको माक्स खोलिन् । तर माक्स भित्र कालो टेपले मुख थुनेकी थिइन् ।
प्रतिगमनका विरुद्ध आवाज उठाउँदा आफुलाई तारो बनाइएको संकेत उनले गरेकी थिइन् । उनले मुखमा लगाएको कालो टेप निकालेर भनिन् , बोल्न पाइन्छ। प्रतिगमन विरुद्ध बोल्न पाइन्छ । हामी बोल्न जन्मिएका हौं। झाँक्रीको हातमा कालोपट्टी पनि बाँधिएको थियो।
झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि सन्की प्रधानमन्त्री केपी शर्मा ओलीको प्यादा बनेको आरोप लगाएकी छन् । आमसभामा नेतृ झाँक्रीले राष्ट्रपति जस्तो सम्माननीय संस्था आफूहरुको बलिदानीले प्राप्त भएको र त्यस संस्थाविरुद्ध बोल्ने दुस्साहस आफूले नगरेको बताइन् ।
‘कुनै व्यक्ति निर्वाचनको प्रक्रियाबाट त्यो संस्थामा गएर निरंकुशताको साक्षी बस्छ, एउटा प्यादा बन्छ भने त्यस्ता पात्रविरुद्ध बोल्न पाइन्छ’ उनले भनिन्, ‘एउटा खलपात्रविरुद्ध बोल्दै गर्दा कसले भन्छ महिला अस्मिता मिचियो भनेर ?’
‘महिला अस्मिता त त्यतिबेला ब ला त्कृत भएको छ, जतिबेला निर्मला पन्त, भागरथी भट्ट जस्ता किशोरीहरु ब ला त्कृत भएका छन्, उनीहरुको ह त्या भएको छ’ उनले अघि भनिन् ।
राष्ट्रपतिबारे आफूले गरेका टिप्पणीले गर्दा महिला हिं सा भएको भन्दै विरोध भएकोतर्फ इंग्गित गर्दै उनले भनिन्, ‘तानाशाह बन्दै गरेको अ हंकारी र सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिविरुद्ध बोल्न पाइन्छ । यहाँ महिला अस्मिताको प्रश्न आउँदैन ।’
अखिल नेपाल महिला संघलाई विद्या भण्डारीले १८ वर्षसम्म प्राइभेट कम्पनी बनाएको र त्यसका सदस्यहरुले महिला अस्मिताको प्रश्न उठाएको भन्दै उनले अघि भनिन्, ‘मलाई जन्न मन छ, भागरथीहरुका ह त्या रा हरुलाई कारबाही गर भनेर गृह मन्त्रालय पुगे कि पुगेनन् ?’
नेता झाँक्रीले प्रधानमन्त्री ओली कागजी बादशाह भएको बताइन् । बादशाहहरु कमजोर बन्दै गएपछि कागजका अग्ला कदका बुख्याँचा बनाउने भन्दै उनले भने, ‘खड्गप्रसाद ओली कागजी बादशाह हुन्, ती ढलिसके, घोषणा हुन मात्र बाँकी छ ।’
आफूहरुले व्यक्तिको नभई ओली प्रवृत्तिको विरोध गरेको भन्दै उनले पार्टीमा आगामी दिनमा यस्तो प्रवृत्ति जन्म हुने नदिने प्रतिवद्धता जनाउन नेताहरुलाई आग्रहसमेत गरिन् । थप जानकारीका लागि भिडियो हेर्नुहोस् ।
पुरा भिडीयो हेर्न लिंक किल्क गर्नुहोला !