रितु के सी ले ल्याए नयाँ हास्य टेलीश्रृंखला नौटंकी माईलो’

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

‘नौटंकी माईलो’ हास्य टेली श्रृंखला “नौटंकी माईलो इन्टरटेनमेन्ट ” को आधिकारिक यूट्यूब च्यानल बाट प्रसारण हुदै छ । बिगत लामो समय देखी रंगमन्चमा कलाकारीता गर्दै तिन दर्जन भन्दा बढी ठुलो पर्दा र दुई दर्जन भन्दा बढी सानो पर्दामा अभिनय गरी सकेका सफल कलाकार रितु के सी ले निर्देशन गरेका हुन् ।उक्त सिरियललाई ब्यबस्थापक सिता कटुवालले गरेकी छन ।

देश तथा बिदेशमा भएका तिता मिठा घटना,राजनैतिक ,सामाजिक बिकृति बिसंगतिलाइ लिएर हास्यब्यङ्ग मार्फत उजागर र चेतना दिने उदेश्यले यो कमेडी सीरियल प्रसारण गरिएको कथा, पटकथा, लेखक शिव शर्मा र निर्देशक रितु के सी ले हाम्रो सन्देश डट कम लाई जानकारी गराएका छन्।

चिरपरिचित कलाकारहरु रमेश के सी, मञ्जु श्रेष्ठ राजेन्द्र, गड्तौला सुनिता श्रेष्ठ, रितु के सी, मुना नेपाल, प्रकाश के सी, गणेश कार्की, सजिना लामिछाने, गणेश कडेल, अर्जुन खनाल, प्रज्ञा श्री थापा, अशोक पाण्डे, रमेश श्रेष्ठ, दिनेश श्रेष्ठले अभिनय गरेका छन।

पछिल्लो समयका निकै ब्यस्त सम्पादक राज कार्कीले सम्पादन गरेका छन् भने श्रृगांर लक्ष्मण रोक्काको रहेको छ उक्त सिरियललाई संजय राईले दृश्य खिचेका छन् । संगीत, गायन, संगीत संयोजन द्यनु ग्याड्डमीको रहेको छ । एग्रो मीडीया प्रा.लि.को प्रस्तुति रहेको उक्त सिरियललाई रितिशा के सी ले निर्माण गरेकी हुन् ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]