बच्चा कसरी बनाउने भन्ने सिकेर आउनुहोला,यो कथाले निद्रा पक्कै गायब गराउँछ

हाम्रो सन्देश संवाददाता

हजुरलाइ बच्चा बनाउन के गर्नु पर्छ भनेर त राम्रो संग आउँदो रैछ, तर नबनाउन के गर्नु पर्छ भनेर चाहिँ सिकाउनै पर्ने भएछ।” उसले म्यासेज संगै रुन्चे अनुहार भएक्क इमो पनि पठाएकी थिइ। मैले उसको म्यासेज हेर्ने बित्तिकै हतारिएर म्यासेज गरेँ “ला सरी सानी। अब के गर्ने ?” उताबाट लगत्तै हाँसेको स्टिकर संगै म्यासेज आइहाल्यो “अब अर्कोपटक चाहिँ सिकेर मात्र आउनुहोला

शनिवार राती १० बजेको समय थियो होला म सुत्ने बेलामा फोन गरि उसले । मैले ढिला नगरी ब्लान्केट भित्र पसेर फोन उठाएँ। “के गर्दै हुनुहुन्छरु सुत्ने बेला भएन ? ” “तिमिलाइ सम्झेर बसेको।” म जिस्किएँ। “किन सम्झिनु त अनि सुत्ने बेलामा ?।” उसले खित्का छोडी। “त्यही सुत्ने बेलामा त झन् धेरै याद आउँछ नि सानी।” म छिल्लिएँ। “ए हो ? अरु बेला चाहिँ याद आउँदैन त्यसोभए ?” उसले लेग्रो तानेर सोधी। “अरुबेला पनि आउँछ तर अलिक कम।” म हाँसिदिएँ। ऊ पनि म संगै हाँसी केहिबेर।

“तिमिलाइ पनि त्यही सम्झिने मात्र त होनी।” मैले हाँस्न छोडेर सानो स्वरमा बोलेँ। “अनि के गर्नु पर्यो त अरु ?” उसले हाँस्दै सोधी। “यस्तो जाडोमा पनि एक्लै सुत्न परेपछी सम्झिएर मात्र के गर्नु र ? ” म फेरि छिल्लिएर हाँसिदिएँ।“अनि एक्लै नसुतेर को संग सुत्नु हुन्छ त ?” ऊ उसैगरि मिठो हाँसिरही। “संगै सुत्ने साथी भए रमाइलो हुन्थ्यो नि त सानी जाडोमा।” “तपाइँ बच्चा हो र सुत्न साथी चाहिने ?” उसले मेरो कुरा नबुझे झैँ गरेर जिस्कन थाली।

“अनि बच्चालाइ मात्र चाहिन्छ त सुत्ने साथि ?” “अनि ठुलो मान्छेलाइ किन चाहियो त साथी ? डर लाग्दैन होला पक्कै एक्लै सुत्न।” उसले उसै गरि हाँसेर बोलि । “डर लागेर हो त सानीरु दुइ जना संगै सुत्दा जिउ तात्छ नि त जाडोमा।” मैले सासले बोलेँ। “ए त्यस्तो पोरु अब कहाँबाट ल्याउनुहुन्छ त संगै सुत्ने साथी ?” ऊ खितिती गरेर हाँसी।

“तिमि नै आउन। पोको परेर सुत्न पर्छ।” मैले मुख खोलेँ। “थैट फटाहा । लाज हुँदैन ?” उसले लजाए झैँ गरेर बोलि। “आफ्नो मान्छेसंग सँगै सुत्न केको लाज त अनि ?” मैले मायालु स्वरमा बोलेँ। “पहिले बिहे गर्नुस् न त अनि।” उसले लजालु स्वरमा नै बोलि। “अब अर्को साल है त सानी ?” “आहा पक्का है ?” ऊ बच्चा झैँ फुर्किइ। “पक्का त अनि। अर्को सालदेखि पोको परेर संगै सुत्न पर्छ है ?” मैले फेरि जिस्काइदिएँ।

“फट्टहा मान्छे, हजुरलाई चाँहि सुत्नकै चिन्ता छ है ?” ऊ बम्किइ। “अनि के त, यस्तो जाडोमा तिमिलाइ खुट्टा बोकाएर सुत्न पाए कति मज्जा हुन्थ्यो, आहा १” म झनै जिस्किन थालेँ। “खुट्टा बोकाउनु भयो भने त चिमटी पो दिन्छु म त।” उसले घुर्कीपुर्ण स्वरमा बोलि। “अनि आफ्नी बुढिलाइ खुट्टा नि बोकाउन नपाउनु त मैले ?” “नपाउनु त अनि। तपाइँकी खुट्टा बोक्ने मान्छे हो म ?” ऊ अलिकति हाँस्न खोजी तर हाँसिन।

“अनि खुट्टा पनी नबोकाइ सुत्नु त ?” मैले स्वर बिगारेर बोलेँ। “अनि के त। तपाइँ छेउमा सुत्नु, म भित्तामा। खुट्टा बोकाउन त के छुन नि पाइन्न।” यति भन्दै गर्दा उसले फेरि खित्का छोडी। “ल हेर ! यो तरिकाले कसरी छोराछोरी पाउनु होला ?” म हाँसिदिएँ। “अनि के खुट्टा बोकाएर छोराछोरी पाइने होर ?” ऊ जोडले हाँसी। “अनि के गरेर पाउँछन् त सानी ? खुट्टा बोकाउँदा जन्मिने हैनन् र छोराछोरी ?” म पनि गलल हाँसिदिएँ।

पुरा भिडीयो हेर्न लिंक किल्क गर्नुहोला !

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।