माघ २८ गते काठमाण्डौँमा प्रचण्ड–नेपालको विरोध प्रदर्शन: ५ स्थानबाट जुलुस, कहाँ कसको नेतृत्व

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २७ माघ ।

संसद् विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको प्रचण्ड–नेपाल समूहको नेकपाले माघ २८ गते बुधबार काठमाडौंमा विरोध प्रदर्शन तथा सभा गर्दैछ ।

त्यसअघि सोमबार आज देशव्यापी मसाल जुलुस गरिनेछ । माघ २८ गते हुने विरोध प्रदर्शन तथा सभा ऐतिहासिक तथा अहिलेसम्म बिशाल हुने दाबी उक्त समूहको छ ।
विरोध प्रदर्शन तथा सभाका लागि जुलुस शुरू हुने स्थान र नेतृत्वहरू संघर्ष समितिले सार्वजनिक गरेको छ ।

पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल जमलबाट शुरू हुने जुलुस सुन्धाराका मुल जुसुलमा मिसिनेछन् । त्यसपछि १२ बजे मुल जुलुस सुन्धाराबाट शुरू हुनेछ ।

उक्त मुल जुलुस सुन्धारा, बीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, पद्मोदय मोड, प्रदर्शनीमार्ग हुँदै सभास्थल प्रवेश गर्नेछन् ।

यी हुन् जुलुस निस्कने स्थान र नेतृत्वः

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।