काठमाडौं, २७ माघ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र अनुसार बिहान ७ बजेर ३५ मिनेटमा ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । नेपालको ओलाङचुङगोला र चीनको सीमा भूकम्प गएको अनुसन्धान केन्द्रले जानाएको छ । ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्पको धक्का महसुस गरिएको स्थानीयले विवश केदेमले बताउनुभयो ।
ओलाङचुङगोलामा भूकम्प पुरै घरहरु हल्लाए पनि कुनै क्षति नभएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले जानकारी दिनुभयो । घरहरु हल्ली पछी मान्छेहरु घर बाहिर निस्केको तर कुनै क्षति नएको लामाले जानकारी दिनुभयो ।
माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
सरकारले यहि माघ ३० गते ल्होछारको पर्वको अवसरमा सार्वजानिक विदा दिने भएको छ। तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा देशभर सार्वजानिक विदा दिने भएको हो।
यसअघि २०५१ सालदेखि ल्होछारको अवसरमा दिईँदै आएको विदा ओली नेतृत्वकै सरकारले ३ वर्ष अघि कटौती गरेको थियो।
तामाङ समुदायको नेतृत्व गर्ने नेपाल तामाङ घेदुङको बारम्बारको आग्रहपछि हिजो बसेको मन्त्रिपरिषदको विदा पुनः दिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री दावा तामाङले जानकारी दिए। यो वर्ष तामाङ समुदायले २०५७ सोनाम ल्होछार अर्थात नयाँ वर्ष मनाउँदैछन्।
यसैबीच यो वर्ष विगतका वर्षहरुमा जस्तै ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा कार्यक्रम नहुने भएको छ।
कोभिडको जोखिम अझै कायम रहेकाले भर्चुअल माध्यमबाट कार्यक्रमहरु गर्ने र घरघरमा मनाउने तयारी गरेको नेपाल तामाङ घेदुङका कार्यवाहक अध्यक्ष कुमार घिसिङले जानकारी दिए। यो वर्ष मुसा वर्गलाई विदाई गरी गोरु वर्गको स्वागत गरिँदैछ।
पुरा भिडीयो हेर्न लिंक किल्क गर्नुहोला !