म कसलाई भनूँ, मसित विवाह गर्छौ भनेर

हाम्रो सन्देश संवाददाता

म नेपालमा एक निजी विद्यालयमा पढाउने शिक्षिका थिएँ । श्रीमान् पनि एक उच्च माध्यमिक विद्यालयमा पढाउनुहुन्थ्यो । हामी दुई श्रीमान् श्रीमती, हाम्रा दुई छोराछोरी सानो सुखी परिवार । काठमाडौँमा एउटा पुस्तेनी घर थियो । हाम्रो भागमा तीन कोठा लाग्यो । हामीलाई बस्न तीन कोठा नै हामीलाई प्रर्याप्त थियो । घर भाडा तिर्नु नपर्नेभएकाले हामी दुई बूढाबूढीको कमाइले हामीलाई छेलोखेलो थियो ।

एक दिन श्रीमान्ले केके सुनेर आउनुभयो, अनायस नै राती इजरायलको कुरा निकाल्नुभयो । त्यो दिनदेखि त मेराश्रीमान्ले सँधैँजसो केही न केही इजरायलका बारेमा नयाँ कुरा ल्याएर मलाई दिनहुँ जसो सुनाउने गर्न थाल्नुभयो । एक दिन मैले झर्को मान्दै भने, हामीलाई के काम इजरायलको गफ । न जाने गाउँको बाटै नसोध्नू । किन र तिमी पनि जाऊ न इजरायल १ अब त केटाकेटी पनि ठूला हुँदै गए, भोलि उनीहरूको उच्च शिक्षाका लागि पनि पैसा चाहिन्छ । हाम्रो कमाइ तन्किने होइन, बरु म यहाँ केटाकेटी स्याहारेर बस्छु, तिमी जाऊ इजरायल र हाम्रो पनि आर्थिक हैसियत अलि उकासौँ । किन नजाने

गाउँको बाटै नसोध्नू भन्छ्यौ । हामीले कहिले आफ्नो घर बनाउने ।सधैँ यही तीन कोठामा जिन्दगी बिताउने । भोलिका दिनमा छोराछोरीको बिहे पनि त गर्नुपर्छ । सोच न १ श्रीमानले दिनहुँ ममाथि इजरायल पठाउने दबाव बढाउन थाल्नुभयो । आखिरमा हार खाएर मैले हुन्छ भन्नुप¥यो । विद्यालयमा राजीनामा दिन लगाएर त्यसबाट आएको पैसा नै एजेन्सीलाई बुझाएर मेरा श्रीमान्ले मलाई इजरायल जाने सबै व्यवस्था मिलाई दिनुभयो ।

सही र गलत बाटो छुट्याउन नसक्ने उमेरमा पुगेका छोराछोरी, जुन बेला अभिभावकको बढी आवश्यकता हुन्छ, त्यो बेलामा ती नाबालक छोराछोरी सासूससुराको जिम्मा लगाई म हिँडेँ इजरायल । इजरायल आएपछि पनि मेरो दिनहुँ फोनमार्फत कुरा हुन्थ्यो परिवारसित । कहिल्यै श्रीमान् र छोराछोरीबाट टाढा नभएकी म एक्कासी सात समुन्द्र पारि पुगेकी थिएँ ।

मनलाई सम्झाउन सारै गाह्रो भइरहेको थियो । मलाई इजरायलमा एड्जस्ट हुन ज्यादै गाह्रो भयो । नेपालमा नोकर राखेर बसेकी म यहाँ एक बिरामीको दिसासमेत धोइदिनुपर्ने नोकर्नी भएकी थिएँ । नाम मात्र अङ्ग्रेजी केयर गिभर पाएर के भयो र । आखिर त्यहाँ म घरकी नोकर्नी नै थिएँ शुरुशुरुमा त कति रोएँ, कराएँ नेपाल सम्झेर तर के गर्नु सबै भताभुङ्ग बनाएर म त्यता पसेकी थिएँ ।फर्केर फेरि के गर्ने । श्रीमान्मा मैले धेरै पैसा कमाउने र त्यो पैसाले केके गर्ने भन्ने योजनाहरू म त्यहाँ पुगेको एक हप्ता पनि नबित्दै शुरु भैसकेको थियो । मेरो तलब आएकै दिनदेखि म सबै पैसा श्रीमान्लाई पठाइदिन्थेँ । मलाई खान बस्न पैसा खर्च नहुने एक दिन पाउने बिदामा पनि काम गरिदिए अतिरिक्त आम्दानी हुने हुनाले मलाई फोन गर्न अथवा सानो तिनो खर्च गर्न त्यही पैसाले पुगिहाल्थ्यो ।महिना शुरु हुन पाउँदैन थियो कि श्रीमान्को लिस्ट आइहाल्दथ्यो । म कहिलेकाहीँ भन्ने गर्दथेँ जुन उद्देश्य लिएर म त्यहाँ पुगेकी, त्यो त पूरा गरौँ । यसरी फाल्तु खर्च किन गर्ने । तिमी तीनचार वर्ष बसिहाल्छ्यौ, हाम्रा योजनाहरू पूरा गर्न पैसा त भइहाल्छ नि, ‘।।मैले अब पैसा पठाउँदा श्रीमानलाई भन्न थालिसकेकी थिएँ पैसा बचत गर्नु ल भनेर ।

एक दिन श्रीमान्ले फोनमार्फत् मलाई भन्नुभयो, साथीहरूले मिलेर एउटा १० ं २ सम्म पढाई हुने स्कूल चलाउने रे । हामीलाई पनि पैसा हाल्न भनेका छन्, तिमी त्यहाँबाट ऋण गरेर भए पनि मलाई १० लाख पठाइ देऊ न । स्कूलमा लगानी गरेपछि त आम्दानीको राम्रो स्रोत भइहाल्दछ नि, अनि त दुःखका दिन सकिन्छन् कि ।

मलाई पनि कुरा राम्रै लाग्यो, साथीहरूसित सापट लिएर श्रीमान्लाई आठ लाख पठाइदिएँ । म उता ओभरटाइम गरीगरी साथीहरूको पैसा तिर्दै थिएँ । यता श्रीमान्को भनाइअनुसार स्कूल राम्रैसित चलिरहेको थियो । मलाई साथीहरूको कर्जा तिर्न दस महिना लाग्यो ।

पुरा भिडीयो हेर्न लिंक किल्क गर्नुहोला !

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]