काठमाडौ ।
युट्युवर उत्सव रसाइलिले माफी मागेपछि सुल्झिएको भनिएको अभिनेत्री सुष्मा कार्की र अर्की अभिनेत्री श्वेता खड्काबीचको विवाद फेरी बल्झिएको छ । सुष्मा फेरी प्रहरी कार्यालय उजुरी लिएर पुगेकी छन् ।
दरबारमार्ग को नाइट क्लब लन्डन पबमा अभिनेत्री श्वेता खड्का, उनकी बहिनी आरती खड्का र रङ्ग पत्रकार उत्सव रसाइलीसंग उनको विवाद भएको थियो । श्वेताको बहिनी आरतीले आफुलाई हात पात गरेको आरोप सुष्माले लगाएकी थिइन् ।
तर उत्सवले माफी मागेपछि सो घटना साम्य भएको बताइएको थियो । तर सुष्माले आफ्नो केही सुनका गहना हराएको र मोवाइल पनि फुटेको बताएकी थिइन् । उनी फेरी आइतबार आफूले न्याय नपाएको भन्दै अभिनेत्री महानगरीय प्रहरी परिसर टेकु पुगेकी छिन् ।
सुष्माले आफूलाई श्वेता खड्काको बहिनी आरती खड्काले पछाडिबाट कपाल लुछेर भुईँमा बजारेको बताएकी थिइन् । सीसीटिभी फुटेजमा पनि सो कुरा देखिएको उनको भनाई छ । तर त्यसको भोलिपल्ट पत्रकार उत्सव रसाइली माफी मागेको र आफूले माफी दिएको उनको भनाई थियो ।
कला टिभीसँगको विशेष कुराकानीमा उनले श्वेताको पोल खोल्नेदेखि उनको माझी बस्तीसँग जोडिएको समाजसेवामाथि प्रश्नसमेत गरेकी छिन् । श्वेता राति एउटा, दिउँसो अर्कै रूप रहेको आरोप पनि उनले लगाएकी छन् ।
पुरा भिडीयो हेर्न लिंक किल्क गर्नुहोला !
https://www.youtube.com/watch?v=WmCfjQWvORA