सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २३ माघ ।

माघ २३ गते, शुक्रबार सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ८९ हजार ५५० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

सुनसँगै चाँदीको भाउ पनि शुक्रबार ओरालो लागेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २९० रुपैयाँमा किनबेच हुँदैछ ।

चन्द्रागिरी हिल्सको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति?

चन्द्रागिरी हिल्स लिमिटेडको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । नेपाल स्टक एक्सचेञ्जले शुक्रबार कम्पनीको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर आइतबारदेखि कारोबारमा आउने गरी सूचीकृत गरेको हो।अब आइतबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ ।

नेप्सेले कम्पनीको शेयर कारोबारको लागि सिजिएच (CGH) कारोबार संकेत प्रदान गरेको छ भने पहिलो कारोबारको लागि ९६ रुपैयाँ ६९ पैसादेखि २९० रुपैयाँ ७ पैसाको कारोबार रेञ्ज प्रदान गरेको छ। सोही रेन्जभित्र रहेर चन्द्रागिरीको पहिलो कारोबार हुनेछ ।