काठमाडौं, २३ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजैबाट मुल र सक्कली पार्टी कुन हो भन्ने टुंगिएको बताएका छन् । शुक्रबार आफुपक्षीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले आजबाट कुन पार्टी मुल र सक्कली भन्ने फैसला भएको बताए । अझै कुन पार्टी मुल हो भन्ने अन्योल छ भने कठैबरा भन्नुपर्ने पनि बताए । ‘मुल पार्टी यही हो, जहाँ हामी छौ । देशकै मुल पार्टी हो । देश बनाउने पार्टी हो । सार्वभौमसत्ताको रक्षा र प्रयोग गर्ने पार्टी हो’, ओलीको भनाई छ ।
उनले यो पार्टी लोकतन्त्रका लागि सात दशकदेखि संघर्ष गरेर आएको पार्टी, देश बनाउने संकल्प बोकेको पार्टी भएको हुनाले यो पार्टी नै मुल पार्टी भन्दै आजैबाट मुल पार्टी कुन हो भन्ने र सक्कली कुन हो भन्ने टुंगिएको बताए ।