अन्ततः अन्जु र थिरले प्रेम स्वीकार्दै सार्वजनिक गरे तस्वीर !

हाम्रो सन्देश संवाददाता

काठमाण्डौ ।

गायिका अन्जु पन्त र गीतकार थिर कोइरालाबिच बिहे हुने पक्का भएको छ । थिरले केही दिन अगाडि आफूहरू एक वर्षदेखि प्रेममा रहेको बताएका थिए । उनले, अन्जुसँग बिहेको विषयमा कुरा चलिरहेको तर मिति तय नभएको बताएका थिए । उनै, थिरले सामाजिक सञ्जालमा अन्जुसँगको तस्बिर सार्वजनिक गर्दै चाडै नै एक हुने लागेको बताएका छन् ।

उनले, मिडियामा आएको खबर सत्य भएको पुष्टि गर्दै केही समयदेखि एक अर्काको प्रेममा रहेको पनि बताएका छन् । उनले, बिहेको विषयमा पनि चाडै नै जानकारी दिने उल्लेख गरेका छन् । शुभेच्छुकहरूको सकारात्मक प्रतिक्रियाले आफूहरूलाई उत्साहित बनाएको भन्दै अझै धेरै मायाको अपेक्षा गरेका छन् ।

एक दशक अगाडि गायक मनोजराजसँग डिभोर्स गरेपछि अञ्जु छोरी परितोशिकासँग रहँदै आएकी थिइन् । उनै, अञ्जुलाई छोरीले बिहे गर्नुपर्छ भनेर दबाब पनि दिदै आएकी थिइन् । अञ्जुले पनि छोरीको दबाबका कारण आफूले बिहेको बिषयमा सोचेको प्रतिक्रिया दिएकी थिइन् ।