फुटेको खुट्टा ठिक पारेर नरम र मुलायम बनाउन अपनाउनुहोस् यी घरेलु उपाय

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

गर्मी सकिएर विस्तारै चिसो मौसम शुरु हुँदैछ। चिसो समयमा खुट्टा फुट्ने तथा सुन्निने समस्याले अधिक सताउने गर्दछ । यस्तो अवस्थामा निम्न उपायहरू अपनाउन सकिन्छ।

नियमित मसाज गर्ने

चिसो समयमा नियमित रूपमा आफ्नो खुट्टामा कुनै क्रिम अथवा तेलले मसाज गर्नु राम्रो हुन्छ। हरेक दिन सुत्ने समयमा खुट्टामा सफा गरेर फूट क्रिम लगाउने र सुतीको कपडाले राम्रोसँग पुछेर सुत्ने गरेमा खुट्टा सुन्निने तथा फुट्ने समस्याबाट बच्न सकिन्छ।

पाकेको केरा प्रयोग गर्ने

पोकेको केरामा थोरै मात्रामा जैतुनको तेल मिसाएर हरेक रात फुटेको ठाउँमा लगाउने र १० देखि १५ मिनेटसम्म राखेर धोएमा यस्तो समस्याबाट बच्न सकिन्छ।

हप्तामा एकपटक सुत्नुपूर्व कागतीको रस मनतातो पानीमा मिसाएर खुट्टालाई १५ मिनेटसम्म डुबाएर सफा गर्ने र कुनै क्रिम लगाएर पनि राख्न सकिन्छ।

ग्लिसरिन तथा गुलाब जल

दैनिक रूपमा आफ्नो खुट्टालाई सफा गरेर ग्लिसरिन र गुलाबजलको मिश्रण खुट्टामा लगाउँदा खुट्टा फुटेको तथा चिसोले सुन्निएको निको हुन्छ र बच्न सकिन्छ।

मनतातो पानीमा नुन

दुखिरहेको खुट्टालाई आराम दिन पानीमा दुई चम्चा नून हालेर १५ देखि २० मिनेटसम्म आफ्नो खुट्टालाई सेक्न सकिन्छ।

यसले खुट्टालाई आराम दिन्छ। पछि कुनै क्रिम या तेल लगाएर केही मालिस गर्दा फुटेका घाउहरू ठीक हुन्छन्।