८५ अर्ब रुपैयाँ पुनर्कर्जा वितरण, ४१ हजार ऋणीले पुनर्कर्जा पाए

हाम्रो सन्देश संवाददाता

काठमाडाैं, २२ माघ ।

नेपाल राष्ट्र बैंक र बैंक वित्तबाट गरी करिव ८५ अर्ब रुपैयाँ पुनर्कर्जा प्रवाह भएको छ । यो माघ दोस्रो सातासम्मको डाटा हो । वितरण अनुसार सबैभन्दा बढी वाग्मती प्रदेशमा कर्जा प्रवाह भएको छ भने सबैभन्दा कम सुदूरपश्चिममा गएको छ । हालसम्म करिब ४१ हजार ऋणीले पुनर्कर्जा प्राप्त गरेका छन् ।

कोभिड पछिको समयमा अर्थतन्त्रलाई सूचारु बनाउनका लागि एवं व्यबसायीलाई सहुलीयत प्रदान गर्नका लागि नेपाल राष्ट्र बैंकले पुनर्कर्जा योजना ल्याएको थियो । जस अन्तरगत होटल, पर्यटन व्यासाय, उद्योग तथा अन्य व्यबसायीक क्षेत्रले सहुलियत ब्याजदरको पुनर्कर्जा लैजान थालेका छन् । कोभिड–१९ बाट सबैभन्दा बढी होटल र पर्यटन क्षेत्र प्रभावित छ । नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार पुनर्कर्जा कोषको ७० प्रतिशत बैंकवित्तबाट, २० प्रतिशत राष्ट्र बैंकबाट तथा १० प्रतिशत लघुवित्त वित्तीय संस्था मार्फत वितरण गरिने छ । माघ १५ सम्मको डाटालाई हेर्दा पुनर्कर्जाअन्तर्गत ३३ अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यसमध्ये १२ अर्ब ५४ करोड रुपैयाँ बराबरको पुनर्कर्जा होटलले प्राप्त गरेका छन् । पर्यटन क्षेत्रमा मात्रै १ अर्ब ५२ करोड रुपैयाँ पुनर्कर्जा प्रवाह भएको छ । बैंक तथा वित्तीय संस्थाबाट यसअघि नै ऋण लिएर व्यबसाय संचालन गरीरहेकाहरु तथा व्यबसाय संचालन गर्नमा समस्या परेका व्यबसायीका लागि राष्ट्र बैंकले पुनर्कर्जा सुविधा ल्याएको थियो । राष्ट्र बैंकले व्यबसायीहरुलाई साना, मझैला र ठुला गरी तीन प्रकारका पुनर्कर्जा दिने कार्यविधि ल्याएको थियो । व्यक्तिगत प्रयोजनका लागि कर्जा लिएकाहरुले भने पुनर्कर्जा सुविधा पाउँदैनन् ।

बैंक तथा वित्तीय संस्थाले दिने पुनर्कर्जा पनि होटल र पर्यटन व्यबसायमा धेरै छ । कोभिडबाट पर्यटन क्षेत्र बढी प्रभावित भएको छ । पुनर्कर्जा लिनका लागि राष्ट्र बैंकले एउटा मापदण्ड नै तय गरेको थियो ।सोही मापदण्ड पुरा गर्ने व्यबसायीले उक्त कर्जा लैजान पाउने छन् । बैंकवित्तबाट कोभिडबाट धेरै प्रभावित क्षेत्रमा बढी ऋण प्रवाह भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । हालसम्म करिब ८५ अर्ब रुपैयाँ पुनर्कर्जा प्रवाह भइसकेको छ । राष्ट्र बैंकले सिधै करिब ३५ अर्ब रुपैयाँ र बैंक तथा वित्तीय संस्थाबाट करिव ५० अर्ब पुनर्कर्जा गरी हालसम्म करिब ८५ अर्ब रुपैयाँ पुनरकर्जा प्रवाह भएको छ । हालसम्म करिब ४१ हजार ऋणीले पुनर्कर्जा प्राप्त गरेका छन् । पुनर्कर्जाको वितरण अनुसार सबैभन्दा बढी वाग्मती प्रदेशमा कर्जा प्रवाह भएको छ भने सबैभन्दा कम सुदूरपश्चिममा गएको छ ।