कलंकीबाट अष्टलक्ष्मी शाक्यसहित प्रचण्ड-नेपाल समूहका कार्यकर्ता पक्राउ

हाम्रो सन्देश संवाददाता

काठमाडाैं, २२ माघ ।

काठमाडौं उपत्यकामा प्रचण्ड-माधव समूहका नेता तथा कार्यकर्ता धमाधम पक्राउ गर्न थालेको प्रहरीले नेता अष्ठलक्ष्मी शाक्यलाई पनि नियन्त्रणमा लिएको छ ।

कलंकीबाट नेता शाक्य पक्राउ परेकी हुन् । आज आमहड्ताल गरेको समूहका आधा दर्जन नेता- कार्यकर्तासहित प्रहरीले शाक्यलाई नियन्त्रणमा लिएको हो ।

हड्ताल सफल बनाउन शाक्यसहितका नेता-कार्यकर्ताहरु सडकमा आएकाबेला पक्राउ परेका हुन् ।

प्रहरीले बिहानैदेखि काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ । बिहान सामाखसुसीबाट पनि केही युवा पक्राउ परेका छन् ।

एका बिहानै प्रचण्ड-माधव समूह द्वारा ट्याक्सीमा आगजनी

नेकपा प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आम हड्तालको प्रभाव देखिन थालेको छ । काठमाडौँ उपत्यकासहितका स्थानमा बिहानैदेखि जनजीवन प्रभावित भएको हो ।

प्रहरीले बिहानै बन्द गराउँदै हिँड्ने ३० भन्दा बढी कार्यकर्तालाई पक्राउ गरेको छ । यस्तै गोंगबुमा अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका छन् । आगलागीबाट प्रदेश ३–०१००२ ज ५८८१ नम्बरको ट्याक्सी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहले आज आम हड्तालको आह्वान गरेको हो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।