संवैधानिक निकायमा नियुक्ति पाउने ३२ जना को-को हुन्? (सूचीसहित)

हाम्रो सन्देश संवाददाता

काठमाडाैं, २१ माघ ।

संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका ३२ जना पदाधिकारीहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा बुधबार आयोजित एक विशेष समारोहमा संवैधानिक अंगका प्रमुखहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सपथ खुवाएका हुन्।

संवैधानिक निकायका प्रमुख आयुक्त र अध्यक्षलाई प्रधानन्यायाधीश राणा र सदस्य तथा आयुक्तलाई सम्बन्धित निकायका प्रमुख आयुक्त तथा अध्यक्षले शपथ गराएका थिए।

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालको संविधानको विभिन्न धारा बमोजिम संवैधानिक परिषद्को सिफारिसमा संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको बुधबार नियुक्त गरेकी हुन्।

संवैधानिक परिषद्को सिफारिशमा विभिन्न आयोगका पदाधिकारी र सदस्य पदमा नियुक्ति गर्नु अगाडि सङ्घीय कानुन बमोजिम संसदीय सुनुवाइ हुनुपर्ने संवैधानिक व्यवस्था छ। संसदीय सुनुवाई हुन नसकेपछि नियमावली अनुसार ४५ दिन पुगेकाले उनीहरुको नियुक्ति गरिएको हो।

११ वटा संवैधानिक निकायका नवनियुक्त ३२ पदाधिकारीको नामावली (सूचीसहित)


प्रकाशित मिति : बुधबार, माघ २१, २०७७