सानै उमेरमा विवाह गरेकी रक्षा श्रेष्ठका श्रीमान् को हुन् ? गर्भवती भएपछि छोडिन् सबै काम

हाम्रो सन्देश संवाददाता

काठमाडौ ।

हाँस्य टेलिश्रृङ्खला ‘भद्रागोल’बाट चर्चामा आएकी रक्षा श्रेष्ठ विवाहित हुन् भन्ने कल्पना सायदै कसैले गरेका होलान् । तर उनी गर्भवती भएकी छन् ।

जसका कारण उनले गर्दै आएका कार्यक्रम पनि छोडेकी छन् ।तर टेलिसिरियलमा जिग्रीको जोडीका रुपमा उनी निकै जमेकी छन् । उनको श्रीमान्का बारेमा धेरै कुरा भने बाहिर आएका छैनन् । उनले श्रीमानको नामको ट्याटु पनि बनाएकी छन् ।

हाल उनी रियालिटी शो डान्सिङ वीथ द स्टारमा सहभागी भएकी थिइन् । तर गर्भवती भएकै कारण उनी सो बाट बाहिरिएको बताइएको छ ।

हालै एक युट्युव च्यानलसँको कुराकानीमा भद्रगोल टिमले यसबारे खुलासा गरेको छ । गर्भवती भएका कारण उनी अब छिट्टै पुनः प्रशारण हुन लागेको भद्रगोलमा समेत नदेखिने सम्भावना रहेको बताइएको छ ।

सिरियलमा हाँस्य कलाकारको भूमिका निमाउने रक्षाको मन निकै कोमल छ । भद्रगोलमा जिग्रीकी मायालु प्रेमिका बनेकी रक्षा वास्तविक जीवनमा रुन्ची छिन् । सानोतिनो कुरामा पनि तुरुन्तै रोइहाल्ने बानी उनी स्वयम्लाई मन पर्दैन ।यसले रक्षालाई एउटा कुरामा भने फाइदा भएको छ । पुरा विवरण यहा हेर्नुहोला भिडियो।

अभिनय गर्दा पनि उनलाई रुनका लागि ग्लीसिरिन चाहिदैन । ‘प्राय सुटिङमा म त्यत्तिकै रोइदिन्छु,’ रक्षाले भनिन् ।फेशनको मामलामा उनी औधी सौखिन छिन् । पैसा भएपछि लुगा किन्न दौडिहाल्छिन् । लुगा र जुत्तामा विषेश सोख छ उनलाई ।

उनको अर्को सौख छ, पिकनिक जाने । पिकनिकमा उलाई निकै रमाइलो लाग्छ । तर, तीन वर्षदेखि पिक्निक जान नपाएको सुनाइन् ।एक सयको हाराहारीमा म्युजिक भिडियोमा अभिनय गरेकी रक्षाले ६५ भन्दा बढी विज्ञापनमा अभिनय गरेकी छिन् ।राम्रो स्त्रिकप्ट पाए मात्रै फिचर फिल्ममा काम गर्ने उनी बताउँछिन् ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]