श्रीमतीको इच्छाविपरीत गरेको आरोपमा प्रहरी निरीक्षक नै पक्राउ परेपछि

हाम्रो सन्देश संवाददाता

काठमाडाैं ।

श्रीमतीको इच्छाविपरीत गर्भपतन गराएको आरोपमा वडा प्रहरी कार्यालय, बैदाम पोखरामा कार्यरत प्रहरी निरीक्षक ध्रुव शर्मा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, पर्वतले उनलाई प’क्राउ गरकेो हो।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा छँदा सोही स्थानकी युवतीसँग प्रेम विवाह गरेका शर्माले विवाह गरेको केही दिनपछि पर्वतकै एक स्वास्थ्य क्लिनिकमा गर्भपतन गराएका थिए । सोही आधारमा पर्वत प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रेम सम्बन्धमै छँदा विवाहको प्रलोभन देखाएर शारीरिक सम्पर्कपछि गर्भ रहेको र विवाहपछि जबर र्जस्ती गर्भपतन गराएको आरोपमा पी’डित युवतीले जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा न्याय माग्दै उजुरी दिएकी थिइन् ।

‘घटनास्थल कुस्मा बजार भएकाले छानबिनका लागि जिल्ला प्रहरी कार्यालय, पर्वतमा स्थानान्तरण भएको थियो।अनुसन्धानका लागि शर्मालाई पर्वत जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

पी’डित युवती र प्रहरी निरीक्षक ध्रुव शर्माबीच प्रेममा रहेकै समयमा सम्बन्धमा खटपट आएको थियो । युवती गर्भवती भइसकेपछि शर्माले अर्कै युवतीसँग विवाहको तयारी गरेका थिए । स्मृति जिल्ला निर्वाचन कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालयमा काम गर्थिन् ।

प्रशासनमा बसेर मतदाता नामावली दर्ता गर्ने स्मृति र प्रशासनमा आउजाउ गरिरहने ध्रुबबीच आठ महिनाअघि भएको चिनजान प्रेम, शा’रीरिक स’म्पर्क हुँदै विवाहसम्म पुगेको स्मृतिको दावी छ। यो खबर दृष्टि न्युजमा छ।

गत चैत महिनामा ध्रुवको पोखरामा एक युवतीसँगै विवाहका लागि टिकाटालो भइसकेको थियो । टिकाटालोको तस्बीर सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको थियो ।

टिकाटालेको तस्बीर सार्वजनिक भएपछि स्मृतिले जिल्ला प्रहरी प्रमुख र आफन्तहरुलाई ध्रुबसँगको सम्बन्धको बारेमा जानकारी गराएकी थिएन् ।

टिकाटालो भइसकेको विवाह रद्द भयो । स्मृति र ध्रुबले गत असारमा बेनीकै मन्दिरमा विवाह गरेको तस्बीर समेत सार्वजनिक गरेका थिए।

विवाह गरेपछि शर्मा दम्पत्ती बेनीमै कोठा भाडा लिएर बस्दै आएका थिए । विवाह बन्धनमा बाँधिए पनि उनीहरुको सम्बन्ध सुमधुर हुन सकेन्।

बेलाबेलामा खटपट भइरहन्थ्यो । सँगै बसेपनि, सामाजिक सञ्जालमा विभिन्न ठाउँ घुम्न गएको तस्बिर राख्ने गरेका थिए। प्रेमका नाटक गरेर युवतीसँग स्वार्थको सम्बन्ध राखेका इन्सपेक्टर शर्माका लागि यो सम्बन्ध निकै महंगो परेको छ।