एनसेलले ल्यायो भारत कल गर्न सुलभ दरका भ्वाइस प्याक

हाम्रो सन्देश संवाददाता

काठमाडाैं, २१ माघ ।

एनसेल आजियाटा लिमिटेडले भारत कल गर्न सुलभ दरका भ्वाइस प्याकहरु ल्याएको छ । एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथिभाइसँग कुरा गर्न सक्ने कम्पनीले जनाएको छ ।

एनसेलले आफ्नो विन्टर अफर अन्तर्गत लोकल दरमा नै भारत कल गर्नपाइने गरी दैनिक र ३ दिने सहुलियत प्याक गरी दुई वटा भ्वाइस प्याकहरु ल्याएको हो ।

यो अफर एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्ने बताइएको छ ।

दैनिक भ्वाइस प्याकअन्तर्गत ग्राहकले कर सहितमात्र २५ मा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथिभाइ वा व्यापार व्यावसायका समकक्षीसँग कुनै पनि भारतीय नम्बरमा १० मिनेट कल गर्न सक्नेछन् ।

दैनिक प्याक सुचारु भएपछि २४ घण्टासम्म यसको समयसिमा रहन्छ । यो भ्वाइस प्याकखरिद गर्न प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ एस्ट्रिक्स १ ह्यास डायल गर्न सक्छन् ।

त्यस्तैगरी विन्टर अफर अन्तर्गत प्रिपेड ग्राहककालागि ३ दिने सहुलियत दरको भ्वाइस प्याकपनि रहेको छ । तीनदिनको समयसिमा रहेको यो भ्वाइस प्याकग्राहकले कर सहितमात्र१४ मा खरिद गर्न सक्छन् र मात्र १.९९ प्रतिमिनेट (कर सहित २.५४ प्रतिमिनेट) को दरमा भारत कल गरी आफ्ना परिवारका सदस्यतथा साथिभाइसँग सम्पर्कमा रही रहन सक्छन् ।

भ्वाइस प्याकबिनाभारत कलगर्दा विद्यमानशुल्क २.९९ प्रतिमिनेट (कर सहित ३.८२ प्रतिमिनेट) रहेको छ । प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ एस्ट्रिक्स २ ह्यास डायल गरी यो भ्वाइस प्याक सजिलै सुचारु गर्न सक्छन् ।

आफ्ना ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरूप यो योजना ल्याइएको कम्पनीले जनाएको छ । भारतमा रहेका परिवारजन, आफन्त, साथीभाइवाव्यापार व्यावसायसँग सम्बन्धित समकक्षीहरूसँग सुलभ दरमा कुरा गर्न सकिने गरी प्रिपेड ग्राहकका लागि भ्वाइस प्याक ल्याउन पाएकोमा निकै हर्षित रहेको कम्पनीले जनाएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।