सुनचाँदीको मूल्य आज पनि घट्यो हेर्नुहोस् बिवरण

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ माघ ।

बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी तोलामा ६० रुपैयाँले घटेर प्रतितोला १ हजार ३०० सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

मंगलबार अधिकांश कम्पनीको सेयर मूल्य वृद्धि

साताको तेस्रो कारोबार दिन सेयर बजार ६५ अंक भन्दा धेरैले बढेको छ । अधिकांश कम्पनीको सेयर मूल्य वृद्धि हुँदा सेयर कारोबार मापक नेप्से परिसूचक ६५ दशमलव ४९ अंकले बढेर २ हजार ४ सय ७घ दशमलव ७३ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ अंक् भन्दा धेरैले वृद्धि भएको छ । मंगलबार होटल बाहेकका सबै समूह बढेका छन् । कारोबार रकम पनि ८ अर्ब नाघेको छ ।

दिनभर भएका ७३ हजार ३ सय ६१ कारोबारबाट १ करोड ४९ लाख ७१ हजार २ सय २३ कित्ता सेयर सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ८ अर्ब ४२ करोड २८ लाख ६६ हजार ८ सय २७ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।