विद्यार्थीद्वारा नयाँ वानेश्वर सडकमा चक्काजाम

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ माघ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका विद्यार्थीहरुले नयाँ वानेश्वर सडक चक्काजाम गरेका छन् । पार्टीको तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत विद्यार्थीहरुले केही समय सडक जाम गराएर प्रदर्शन गरेका हुन् ।

यसअघि सार्वजनकि कार्यक्रम अनुसार २१ गते बुधबार सबै क्याम्पस अगाडि चक्काजाम गर्ने उल्लेख थियो । सोहीअनुसार मिन भवन क्याम्पसका विद्यार्थीले नयाँवानेश्वरस्थित संसद भवनकै अगाडि जाम गराएका हुन् ।

सुष्मा कार्कीले मलाई जातीय रुपमा अपमान गर्दै ‘का’मी’ भनेपछि एक झापड लगाएकै हो’

आफ्नो अपमान भयो न्याय चाहियो भन्दै प्रहरी कार्यालयमा पुगेकी नायिका सुष्मा कार्कीले युट्युवर उत्सव रसाइली र नायीका स्वेता खड्काकी बहिनी आरती खड्काका विरुद्ध उजुरी दिएकी छन् । उनी आफ्ना अभिब्यक्तिका कारण पनि प्राय चर्चित रहन्छिन् । मंगलवार उत्सव र आरतीसंगको विवादका कारण फेरी एक पटक चर्चामा आएकी छन् ।

उत्सव र आरतीले आफुलाई दुब्र्यवहार गरेको भन्दै उनी न्याय खोज्न प्रहरी कार्यालय पुगेकी हुन् । नायिका सुष्मा कार्कीेमाथि काठमाण्डौको लण्डन पब क्याफेमा यस्तो घटना भएको थियो । नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले यस्तो गरेको आरोप कार्कीको छ ।

नायिका सुष्मा कार्कीले घटनाको भिडियो रेकर्ड समेत भएको बताएकी छन् । उनले भनिन् ‘मसँग सबै भिडियो रेकर्डहरु छ । अब, जे बोल्छ भिडियोले नै बोल्छ ।’नायिका स्वेता खड्काले आफूलाई नराम्रो शब्द प्रयोग गरेको सुष्माले दाबी गरेकी छिन् ।

सो समयमा उत्सव, आरतीको साथमा नायिका स्वेता खड्का र उनका पति विजयेन्द्र सिंह राउत क्लबमा भएको उनको दावी छ । शुष्मा प्रहरी कार्यालय पुगेपछि यता युट्युवर रसाइलीले पनि प्रतिकृया दिएका छन् । उनले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै शुष्माले जातिय अपमान हुने शब्द प्रयोग गरेर आफुलाई गा’ली गरेका कारण आरतीले एक झापड लगाएको स्वीकार गरेका छन् ।

उनले लेखेका छन्, ‘हामी रमाइलो गरिरहेका थियौं। तर उहाँले त्यहाँ भएका कलाकारहरूलाई तथानाम गा’ली गर्नुभयो। मलाई पनि त ‘कामी’ यस्तो गर्ने भन्दै जातीय हिसाबले गा’ली गर्नुभयो, रसाइलीले भने,’म हिजो पाहुना भएर गएको थिएँ ममाथि दु’र्व्य’वहार भएपछि स्वेताजीहरूले मलाई प्रोटेक्ट गर्नुभो। त्यसरी दु’र्व्य’वहार गरेपछि आरती जीले एक झापड हा’न्नु भएको हो।’

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।