के तपाईंले सुन्नु भएको छ हड्डीबाट निस्कने आवाज ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

जोर्नी हाम्रो शरीरको एउटा त्यस्तो अंग हो, जसमा दुई अथवा धेरै हड्डी आपसमा जोडिएको हुन्छ । जस्तो कुहिनाको हड्डी, जाँघको हड्डी जून माथिल्लो सिरा पेल्भिस सकेटमा फिट हुन्छ ।

जोर्नीका हड्डीहरु लचिलो तर बलियो कार्टिलेजले कभर गरेको हुन्छ, जसको सहयोगले यिनीहरु आपसमा नठोकिकन हलचल गर्छन् । अस्टियोआर्थराइटिसले जोर्नीको हड्डीमा रहेको कार्टिलेजले यस पत्रलाई कमजोर बनाउँछ ।

परिणामस्वरुप हाम्रो जोर्नीको सतह रफ हुन्छ । जसका कारण जोर्नीमा सूजन, दुखाई र बाउँडिन थाल्छ । यद्यपि यी लक्षण मानिसहरुलाई महसुस हुँदैन । अर्थराइटिस हेल्थका अनुसार जब स्थियोआर्थराइटिसको कुरा आउँछ, तब यसको लक्षण व्यापक रुपले भिन्दै हुन सक्छ ।

जोर्नीलाई हल्लाउँदा यदि तपाईंले कडक्क अथवा कुनै किसिमको आवाज सुन्नु हुन्छ भने त्यो हड्डीसंग हड्डी ठोकिएको एउटा संकेत हुन सक्छ । मेडिकल भाषामा यस लक्षणलाई क्रेपिटस भनिन्छ ।

तर आर्थराइटिसलाई कुनै अन्य लक्षण बिना केवल एउटा लक्षणको आधारमा मात्र पहिचान हुन सक्दैन । क्रेपिटस बाहेक केही अन्य लक्षण जस्तै जोर्नीको दुखाई आस्टियोआर्थराइटिसको संकेत हुन सक्छ ।

जोर्नी कडा हुनु पनि विशेष गरेर विहानको समय अथवा निष्कृय अवधिपछि अस्टियोआर्थराइटिसको संकेत हुन सक्छ । यसबाट प्रभावित जोर्नीको गति सुस्त हुन सक्छ ।

बेलायतमा अर्थराइटिसप्रति जागरुक गर्ने संस्था भर्सज आर्थराइटिसका अनुसार विभिन्न किसिमका परिस्थितिहरुमा एउटा मानिस अस्टियोआर्थराइटिसको शिकार हुन सक्छ ।

४० वर्षभन्दा बढि उमेरका मानिसमा यसको जोखिम धेरै हुन्छ । यसबाहेक महिला र बढि वजन भएका व्यक्तिमा पनि यसको खतरा धेरै हुन्छ ।

यसबाहेक यदि कुनै पनि व्यक्तिलाई पहिला पनि जोर्नीमा समस्या भएको छ भने अथवा कोहि जन्मेदेखि नै असामान्य जोर्नीका साथ जन्मेको छ भने उनीहरुमा पनि यस प्रकारको खतरा हुन्छ ।

भर्सेस अर्थराइटिसका अनुसार वंशानुगत जीनले पनि हात, घुँडा र कुहिनामा अस्टियोअर्थराइटिसको कारण बन्न सक्छ । अस्टियोआर्थराइटिसको केही सिंगल जीनको म्यूटेशनसंग पनि जोडिएको हुन्छ, जून कलेजन नामक एउटा प्रेटिनलाई प्रभावित गर्छ ।

अस्टियोआर्थराइटिसका लक्षण प्रगतिशील हुँदैन । वास्तवमा अस्टियोआर्थराइटिसमा सबैभन्दा पिडादायक समय पहिलो पटक लक्षण देखिएको धेरै वर्षपछि पनि हुन सक्छ ।

लक्षण देखिएको केहि समयपछि मानिसको स्थिति पहिले जस्तो समान रहन सक्छ अथवा त्यसमा सुधार पनि हुन सक्छ । त्यस्तै केहि मानिस जोर्नी दुखाईको विभिन्न चरणबाट गुज्रिन सक्छन् ।

उपचार
विशेषज्ञहरु भन्छन् –‘शारीरिक व्यायाम, वजन कम गर्नु, मेडिकेशन र पेनफुल रिलीफ ट्रीटमेन्टको माध्यमबाट यसको उपचार गर्न सकिन्छ । उदाहरणका रुपमा अस्टियोआर्थराइटिसका केही विरामीलाई हाईएल्यूरनिक एसिड इन्जेक्शन दिइन्छ । यो एउटा त्यस्तो एसिड हो, जसले जोर्नीको फ्लूडमा प्राकृतिक रुपले पाइन्छ ।