सधैं ‘डुप्लिकेट’बाट पीडित छिन् यी हिरोइन

हाम्रो सन्देश संवाददाता

जरिन खान बलिउडमा धुमधामका साथ प्रवेश गरेकी थिइन्। उनलाई स्टार सलमान खानले बलिउड फिल्ममा इन्ट्री दिएका थिए। सलमानसँग अभिनय गरेर बलिउडमा पाइला चालेपनि जरिन खान त्यहाँ आफ्नो ठाउँ बनाउन असफलजस्तै भएकी छन्। उनी यतिबेला बलिउडबाट गायबजस्तै भएकी छन्।

उनी किन गायब भइन् त? यसबारे उनले गुनासो पोखेकी छन्। खासमा उनलाई सधैं अरुसँग तुलाना गरेका कारण बलिउडमा स्थान बनाउन नसकेको बताएकी छन्। उनले आफूलाई सधैं कट्रिना कैफको डुप्लिकेट भन्दै तुलना गर्ने गरेको बताइन्।

उनले जो पनि आफ्नो पहिचान बनाउन बलिउडमा आउने गरेको तर आफूलाई अरुको भिल्ला बनाएका कारण आफूले त्यो ठाउँ पाउन नसकेको गुनासो गरिन्। ‘आज पनि मलाई कट्रिना कैफसँग जोडेर हेर्छन्। उनीसँग तुलना गरेर हेर्छन्। कुनै पनि फिल्ममेकर उस्तै अनुहार भएका हिरोइनसँग काम गर्न चाहँदैनन्,’ नवभारत टाइम्ससँगको कुराकानीमा उले भनेकी छन्।

त्यतिमात्र नभएर उनलाई पूजा भट्ट, प्रिती जिन्टा र सनी लियोनीसँग पनि अनुहार मिल्ने गरेको भन्दै आफूलाई अपमान गर्दै आएको उनले बताइन्। जरिनले सलमान खानसँग वीरमा अभिनय गरेकी छन्। त्यसपछि उनले हाउसफुल २, हेटस्टोरी ३, अक्यर २ र १९२१ मा अभिनय गरेकी छन्।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।