अब किनबेचको सरकार हाेइन जनमतबाट सुदृढ सरकार बन्छः प्रधानमन्त्री ओली

हाम्रो सन्देश संवाददाता

काठमाडाैं, १९ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अब जनादेशबाट बन्ने सरकार सुदृढ बन्ने बताएका छन् । आज सिरहामा आयोजत शहिद हेम नारायण यादवको स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक बाटोबाट नै संसद विघटन भएको उल्लेख गर्दै अबको सरकार सुदृढ बन्ने बताएका हुन् । ओलीले अब बन्ने सरकार किनबेचबाट नबनाउने पनि बताए ।

भ्रष्ट्रत्वलाई साथ नदिन आग्रह गर्दै ओलीले देशलाई भड्खालो र अस्थिरतामा लान खोज्नेहरुसँग सतर्क रहनुपर्ने बताए । देश अब पछाडी जान नसक्ने ओलीको कथन थियो । ओलीले

उनले विगत तीन वर्षदेखि पार्टी अलमलिएको भएपनि अब गतिशिल भएको बताए । जनतालाई भ्रमबाट मुक्त गर्दै उच्च मनोबल लिएर कार्यकर्ताहरु जनताका सामु जानपनि ओलीले निर्देशन दिएका छन् । ओलीले बैशाख १७ गते सिरहामा निर्वाचन हुने भएकाले त्यसका लाग तयार रहन पनि आग्रह गरेका छन् ।

सम्बोधनका क्रममा ओलीले फाष्टट्रयाक बनिरहेका, विभिन्न अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको उल्लेख गर्दै कृषि मल कारखाना पनि नेपालमै खोल्ने तयारी भएको बताए । उनले दैलेखमा पेट्रोल निकाल्ने काम भएको पनि बताएका छन् ।

ओलीले कोही पनि बालबलिका अभिभावक विहिन हुन नपर्ने बताए । युवा महिलाहरुका लगि स्वरोजगार कार्यक्रम लिएर गरिबी निवारणको प्रयास थालिएको उनको भनाई छ ।

सिंगो देश नै विकासमा लागिरहेको छ भन्दै उनले, ‘ सम्पूर्ण देशमा बाटा घाटा विजुली पुग्नुपर्छ। अस्पताल पुग्नुपर्छ। हरेक प्रदेशमा उद्योग बिस्तार गरिदैछ। विभिन्न प्रकारका भड्काउने तत्व आउन सक्छन’, भने । उनले शाकाहारी आन्दोलन नभएर मांशाहरी अन्दोलन गर्छौँ भन्ने प्रचण्डलाई नपत्याउन पनि आग्रह गरेका छन् । हिजोको समय अब नभएको उनको भनाई छ । ओलीले तराईका शहर फोहर हुन नपाओस भनि ढल निर्माण भैरहेको बताउ । उनले खानेपानी, सिँचाई, विद्यालय र अस्पताल निर्माणमा पनि सरकारले जोड दिएको बताए ।