काठमाडौं, १८ माघ ।
विभिन्न समयमा चर्को आलोचना र चर्को समर्थनका कारण विवादित र आक्रमणमा समेत पर्दै आएका मुकुन्द घिमिरे “मुकुन्दे” फेरि चर्चामा आएका छन । भोजपुरमा जन्मिएका मुकुन्दे कुनै अयोग्य व्याक्ती चाहिँ हैनन ।
०५५ सालमा ६९ प्रतिशत ल्याएर पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानबाट ओभरसियर पास गरेका मुकुन्देलाई पागलको संज्ञा दिनेहरूको जमात नि निकै छन । तर कोहि भने मुकुन्दे स्पष्ट वक्ता समेत भएको दाबी गर्दछन ।
‘पहाडमा रेलैरेल । मधेसमा खेतैखेत । ट्याक्टरले खेत जोत्ने । हेलिकप्टरले बीउ छर्ने । १० करोडसम्म जनतालाई सुखले पाल्ने । र, ३६५ दिन नै दसैं घोषणा गर्ने सपना देखेका मुकुन्दे पछिल्लो समय फेरि चर्चामा आएका छन ।