प्रधानमन्त्री केपी ओलीको राजतन्त्र फर्काउने यस्तो छ ग्रान्ड डिजाइन ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १८ माघ ।

नेकपा ओली समुहका अध्यक्ष एबं प्रधानमन्त्री केपी शर्मा ओली राजतन्त्र फर्काउने खेलमा लागेको आरोप यतिबेला लाग्न थालेको छ । प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति तथा उनले भने अनुसार अनुकूलता प्राप्त हुनुले पनि ओली राजतन्त्र फर्काउने ग्रान्ड डिजाइनमा लागेको नेपाली राजनीतिक वृत्तमा चर्चा चलेको छ । वर्तमान ऐतिहासिक लगभग २/३ बहुमत भएको संसद प्रधानमन्त्री ओलीले बिघटन गरेपछि देशको राजनीतिक सर्गमी बढे संगै सडक तातिएको छ भने देश मुठभेडतिर जाने संकेत देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको भविष्य जोगाउने अरु कुनै विकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय गरेको बताए पनि नेकपाका अर्को समुहका नेताहरु ओली नेपालमा कम्युनिष्ट पार्टी समाप्त पारी राजतन्त्र ब्युताउने खेलमा लागेको आरोप लगाउन थालेका छन् । उनी संघियता, धर्मनिरपेक्षता र राजतन्त्रबारे जनमत संग्रह गराउने खेलमा लागेको आरोप छ।

अध्यक्ष ओलीले मुलुकको उन्नतिका लागि गरिएका हरेक काममा अवरोध आएको तथा पार्टीका एकथरी नेताले जनादेश बिर्सेर सधैँ सरकारका काममा अवरोध मात्रै गरेको जनाउँदै पार्टीको आन्दोलन र भविष्य जोगाउन अरु कुनै विकल्प नभएपछि जनतामा जाने निर्णय गर्नुपरेको पटक-पटक बताउछन । तर के संसद बिघटन को अरु कुनै बिकल्प नै थिएन त ? त्यो भने ओलीले अहिलेसम्म बताएनन् । नेकपा प्रचण्ड नेपाल समूहका नेता युवराज ज्ञवालीले केपी ओलीले कम्युनिष्टको खोल ओढेर देशमाथि गद्दारी गरेको आरोप लगाउंदै ओली नेपाली कम्युनिष्ट आन्दोलन र नेपाली राजनीतिमै राष्ट्रघाती र प्रतिगमनकारी व्यक्तिको रुपमा स्थापित भएको बताएका छन।

उनले ओलीलाई केशरजंग रायमाझीसँग तुलना गर्दै उनी अझ प्रतिगमनकारी र विश्वासघाती भएको र रायमाझीले भन्दा अझ बढी क्षति उनले पुर्‍याउन खोजेको बताए। नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई पञ्चहरुसंग तुलना गर्दै ओली आफ्नो स्वार्थको लागि जे पनि गर्न तयार भएको तथा सबै सबैधानिक निकायलाई आफ्नो अनुकुल प्रयोग गरिरहेको आरोप लगाएका छन् । अहिले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भैरहेको र राजाबादीहरु सकृय भैरहेको अबस्थामा कतै ओली राजतन्त्रको पक्षमा होकी भन्ने आशंका राजनीतिक वृत्तमा रहेको छ । उतिबेला नेपालमा गणतन्त्र आउनु भनेको बयलगाढा चढेर अमेरिका जानु हो भन्ने अभिव्यक्ति दिएका ओलीलाई अहिले गणतन्त्र विरोधीको रुपमा हेरिन थालिएको छ भने उनको संघियता बिरोधि अभिव्यक्तिले पनि उनी राजतन्त्र फर्काउन लागेको आरोप लागेको छ ।

तद्कालिन नेकपा एमालेका अध्यक्ष ओलीले पाँच बिकास क्षेत्रलाई संघियताको उत्तम बिकल्प भनेका थिए । उनको यो भनाइ संघियतालाई अझै कमजोर बनाउनेतर्फ उद्वेलित थियो। यसरी ओलीले संघीयताको गलत परिभाषा लगाएर जनतालाई भ्रम पटक-पटक छर्दै आएका थिए। संघियताले देश टुक्र्याउदैछ भनेर अफबाह फैलाउदै थिए । जाती जाती बिचमा झगडा पैदा गर्ने गरी संघियताको व्याख्या गर्दै आएका थिए । बाध्य भएर एमालेले संघियता स्वीकार गरेको बताएका थिए । केहि समयदेखि राजतन्त्रको पक्षमा सडकमा आवाजहरु गुन्जिन थालेका छन् । ओलीका कारण सडकमा राजा आऊ देश बचाऊको नारा लागेको आरोप कांग्रेस सभापति शेरबहादुर देउवाले लगाएको केहि दिनपछि नै ओलीले संसद बिघटन गरेपछि देउवाको यो आरोपमा थप टेवा पुर्याएको छ ।

नेकपा बिभाजन हुनुले पनि थप संका पैदा गरेको छ । ओलीको बिभिन्न संकाष्पद भेट र राजाबादी आन्दोलनमा उनका समर्थक एबं सहयोगीहरु देखिनुले पनि थप पुष्टि गर्छ । पुराना राजनैतीक घटना परिघटनालाई गहन ढंगले केलाउने हो भने पनि अब गणतन्त्रमा हमला हुने पक्का छ र त्यो दिन त्यती टाढा रहेको छैन । यसको मुख्य कारक भनेको केपी ओली नै हुन । कमल थापा र सिङो राप्रपा हिजो देखिनै राजाबादी प्रतिगमनकारी शक्ती भएकोले उसको बारेमा चर्चा गरिरहनु आवश्यक छैन । राप्रपाको पार्टी निती नै राजतन्त्र रहेकोले उसको भूमिकाको बारेमा थप शँका लिईरहनु पर्दैन र बरु बेलैमा सचेत रहनुपर्दछ । हजारौं शहिदको रगतसँगै साटिएको ती उपलब्धिहरुको रक्षा अब लोकतान्त्रिक गणतन्त्रबादीहरुले मात्र गर्न सक्छ ।

विश्व कम्युनिस्ट आन्दोलनमा शासक र सामन्तहरुलाई साथ दिने शायद विश्वको पहिलो पार्टी ओलीको पार्टी (हालसम्म नेकपा) बन्नेछ । यसरी ओलीले विश्व राजनितीमा नयाँ रेकर्ड राख्नेछन । ओलीको पटक-पटकको भूमिकाले अब निकट भविश्यमा राजतन्त्र बेबी किङको नाममा पुनस्थापित हुन सक्नेछ भन्ने प्रष्ट संकेत देखिन थालेको छ । ओलीकै घमण्ड र अदुरदर्शिताको कारणले जनताले अधिकार गुमाउनु पर्नेछ । देश अनिर्णित द्वन्द्वमा धकेलिएको छ । गणतन्त्रलाई धरापमा पार्ने एक मात्र कारक नेकपा ओली नै हुनेछ । ओली नेकपा संघियता र गणतन्त्रबाट पछी हट्ने सम्भावना देखिएको छ ।

उनको अहिलेको पहिलो प्रहार संघियता हो भने दोश्रो प्रहार गणतन्त्र नै हो । गणतन्त्रलाई मासेर बेबी किङको नाममा राजतन्त्र स्थापना गर्ने खेलमा केपी ओली लागेको अनुमान राजनतिक बृत्तमा गरिन थालिएको छ । यसरी नेपालको राजनीति अब २ ध्रुबमा बिभाजित हुने पक्का छ । एक राजाबादी जसको नेतृत्व नेकपा ओली र राप्रपाले गर्नेछ भने अर्को गणतन्त्रबादी जसको नेतृत्व नेकपा प्रचण्ड-माधब सहित कांग्रेस र प्रजातन्त्रबादीहरुले गर्नेछन ।