मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): यो साता नयाँ जिम्मेवारी पाइएला । भाग्यले विभिन्न अवसर जुराउनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । धार्मिक यात्राको योग रहेको छ । व्यापार व्यवसायमा सफलता पाईनेछ । आफन्तसङ्ग रमाईलो भेटघाट पनि हुनेछ । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग पहेँलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): साताको सुरुका दिनमा शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । साताको मध्यबाट रमणीय र सुखद् यात्राको योग छ । वैदेशिक कार्यमा सफलता मिल्नेछ । सांस्कृतिक कृत्यमा रुचि बढ्नेछ । आदर्श ब्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । यो साताका लागि शुभअङ्क ४,९ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको स्मरण गर्नाले सफलता मिल्नेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): यो साता नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । आफन्तको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । साताको अन्त्यमा काममा अबरोध सृजना हुनसक्ने सम्भावना रहेकोले संघर्षको सामना गर्नुपर्ने छ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग ध्वाँसे वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको ध्यान गरी कार्य गर्नाले सफलता मिल्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): यो साता वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । नयाँ काम र शुभ समाचार सुन्न पाइएला । रोकिएका अधूरा काम पुनः सुरु हुन सक्छ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । मध्य सातामा मनमा निरासा र शरीरमा आलस्य आउला । सौन्दर्यतामा धन खर्च हुनेछ । यो साताका लागि शुभअङ्क २,८ र शुभरङ्ग निलो वा ध्वाँसे हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको दर्शनगरी कार्य आरम्भ गर्दा सफलता मिल्नेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): यो सातामा भाग्यले विभिन्न अवसर जुराउनेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । नयाँ काम वा रोजगार पाईनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । आफन्तले तपाईंका विचारलाई समर्थन गर्नेछन् । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग नीलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): यो साता कीर्तिमानी काम गर्ने समय छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । कला प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । हाँसखेल र मनोरञ्जनपूर्ण समय पनि रहेको छ । दैनिक कार्यमा प्रगति समेत हुनेछ । स्वास्थ्य क्षेत्र भने निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग निलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्य बाट अधिक सफलता मिल्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): यो साता शुभकार्यको चर्चा चल्नेछ । प्रेमी वा प्रेमीकाबाट सुख मिल्नेछ । परिवारिक सद्भाव बढ्नेछ । पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । साताको उत्तरार्धबाट व्यापार व्यवसायमा बाधा आउला । घर व्यवहारको समस्याले सताउनेछ । यो साताका लागि शुभअङ्क ६,८ र शुभरङ्ग गुलाबी वा पहेंलो हो । शुभकर्म गर्नु पूर्व भगवतीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): यो साता अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । प्रेममा मधुरता छाउनेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । यो साताका लागि शुभअङ्क २,५ र शुभरङ्ग सुन्तला वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): यो साता विद्या र बुद्धिको विकास हुनेछ । धार्मिक तथा महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । अतिथिको रूपमा सत्कार पाइएला । सजिलै अरुको विश्वास जित्न सकिनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । सन्तान सुख पनि मिल्न सक्छ । यो साताका लागि शुभअङ्क ५,९ र शुभरङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): यो साता किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ । अनावश्यक ठाउँमा धन खर्च पनि होला । मंगलवारबाट अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । यो साताका लागि शुभअङ्क २,७ र शुभ रङ्ग सेतो वा गुलावी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): यो साता घरमा अतिथीको आगमन हुनेछ । तपाईंको लगनशिलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । अचल सम्पत्ति हतापर्नुका साथै लाभदायक यात्रा हुनेछ । यो साताका लागि शुभअङ्क १,२ र शुभरङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): यो साता काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । साताको अन्त्यमा अपेक्षित काममा सोचेभन्दा बढी मेहनत गरेर थोरैमात्रै सफलता प्राप्त गर्नसकिएला । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग पहेँलो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा लाभ मिल्नेछ ।