ओली पक्षको समीकरण फेरियो, यी ५ नेता सहित बामदेव गौतम दाहाल समूह प्रबेश !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ माघ ।

नेकपा सम्बद्ध केही कानुन व्यवसायीले पार्टी विभाजनमा तटस्थ रहेका उपाध्यक्ष बामदेव गौतमलाई पार्टी एकता जोगाउन ३ बुँदे प्रस्ताव बालुवाटारमा पुर्‍याउन सुझाब दिए पनि ओली पक्षबाट तीनवटै प्रस्ताव अश्वीकार गरिएको चर्चा चलेको छ ।

तीन तीन बुँद थिए–प्रतिनिधिसभा पुनर्स्थापना, नेकपा दुवै समूहको संयुक्त सरकार र एक-एक वर्ष केपी ओली र प्रचण्डले आलोपालो प्रधानमन्त्री चलाउने ।

तर यी तीनै प्रस्ताव अश्वीकार भएको गौतम निकट स्रोतले दावी गरेको छ । कुनै पनि अवस्थामा प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन भन्ने जानकारी आएपछि यो च्याप्टर क्लोज भएको गौतम निकट स्रोतले बतायो ।

स्रोत भन्छ– गौतम आफ्नै नभएर कुनै वकिलको थियो र यो प्रस्तावमा उनी पनि सकारात्मक थिए । तर कुनै हालतमा प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन भन्ने जवाफ आएपछि यो सम्भावनाको अन्त भयो ।

पार्टी बिभाजनमा कतै नलागेका गौतम अब सर्बोच्च अदालतको फैसला नआउन्जेल तटस्थ रहने स्रोतले जनाएको छ । तर पछिल्लो समयमा ओली समुहमा जाने तयारी रहेको भनेर बुझिएको भए पनि विभिन्न कारणले फेरी प्रचण्ड समूह तिर नजिक हुदै गएको बुझिएको छ ।