भोलि सुजुकी गाडी किन्नेलाई एकदेखि तीन लाखसम्म नगद छुट

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १६ माघ ।

भोलि सुजुकीको गाडी किन्नेले एक लाखदेखि तीन लाखसम्म नगद छुट पाउने भएका छन्।

नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले सनिबार ‘सुपर स्याटरडे’को आयोजना अन्तर्गत यो अफर सार्वजनिक गरेको हो।

यो दिन सुजुकीका चारपांग्रे किन्नेले ग्राहकले गाडीको मोडल अनुसार नगद छुटसहित अन्य विशेष अफर पाउने सिजी मोटोकर्पका सिनियर म्यानेजर करुण शाक्यले जानकारी दिए।

‘सुपर स्याटरडे’ मा ग्राहकले आकर्षक नगद छुट, एकवर्षको निःशूल्क बीमा, आकर्षक एक्सचेन्ज बोनस र निःशूल्क स्वामित्व हस्तान्तरणको सुविधा पाउने कम्पनीले बताएको छ।

यो अफर माघ १७ गते एक दिनका लागि मात्र देशभरका सबै ३८ वटा डिलरसिपमा लागू हुनेछ।

नेपालमा सुजुकी गाडी सबैभन्दा ठूलो ‘प्रोडक्ट रेन्ज’ रहेको छ। त्यस्तै प्यासेन्जर भेइकलमा सुजुकी नेपालमा सबैभन्दा धेरै गाडी बेच्ने ब्राण्ड हो।

हाल नेपालमा सिजी मोटोकर्पले सुजुकीको अल्टो, एसप्रेसो, सेलेरियो, वागन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, भिटारा ब्रेजा, एसक्रस, अर्टिगा, एक्सएल सिक्स्, इको भ्यान, इको कार्गो र सुपर क्यारी गरी १६ वटा मोडलका गाडी बिक्री गर्दै आइरहेको छ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।