काठमाडौं –
आजबाट चर्चित हाँस्यकलाकार हरि निरौला कक्रोज ३२ वर्षमा लागेका छन् । हाँस्यव्यङग्य कार्यक्रम भद्रगोलबाट स्थापित भएका उनि सिरियलमा मात्र नभई म्युजिक भिडियोमा पनि अभिनय गर्ने हरिको जन्मदिनमा उनका सहकर्मी, आफन्त र शुभचिन्तकहरुले बिहानैदेखि शुभकामना दिइरहेका छन् ।
भद्रोगल, सक्किगोनी, लगायतका हाँस्य शृखलामा कक्रोज’ नामले परिचित हरि एक चर्चित हाँस्य कलाकारको रुपमा चिनिएका छन् । सोलमारी जान्छु, डबका हान्छु’ बोलको रमाइलो गीत गाएर उनले गायन यात्रा सुरु गरेका हुन् । आज बाट ३२ बर्ष लागेका उनलाई बिहानै देखि शुभकामना दिनेको ओइरो लागेको छ ।
कक्रोजलाई सिताराम कट्टेल धुर्मुस, कुमार कटेल जिग्री, सागर लम्साल बलेले जन्म दिनको शुभकामना दिएका छन् । जन्मदिनको अवसरमा धुर्मुसले कक्रोजबारे रहस्य खोल्दै भनेका छन् कक्रोज एउटा कुशल कलाकारका अलावा आफ्नो आफन्त पनि भएको उनले शुभकामना दिँदै दर्शकलाई जानकारी पनि दिएका छन् ।धुर्मुसले भनेका छन् हरिश निरौला ( कक्रोज)यहाँ हरुले माया गरेको कलाकार, धेरैलाई थाहा नहुन सक्छ हामी परिवारका एकै सदस्य हौं भन्ने कुरा, उ मेरो ठुली आमाका छोरा हो! आज पर्न गएको उसको जन्म दिनको अवसरमा प्यारो भाइ लाई हार्दिक मंगलमय शुभकामना ! अझै प्रगति उन्नतिको कामना !! happy birthday babu!!