‘बाकसको छोराले आमालाई लेखेको चिठी’

हाम्रो सन्देश संवाददाता

बाहिर हुँदा समय मिलेन । बाकस भित्रबाटै लेखेँ आमा चिठी, समय आउनु अगावै नै भोगेँ आमा मैले बेथिति ।

परदेश मै बस्यो आत्मा मेरो आमा, हावालाई नै सास सम्झनु ।

सास र सम्पतिको त के कुरा गर्नु आमा, बाकसभित्र लास सडेको मैनौँ भइसक्यो ।

सपनाको ठूलै पोको फुकाउन परदेश पुगेँ आमा, घर फर्कंदा बाकस भित्रको प्याकिङमा परेँ आमा ।

दुःखीलाई नै दिन अनि ऋण लाग्दो रहेछ आमा, शरीर टुक्रिएर सपना पग्लदा भगवान पनि भग्दो रहेछ आमा ।

चाहना थियो मेरो आमा तिमीलाई हँसाउने, तर त्यो हाँसो बाध्यात्मक आज आँशुमा परिणत भयो आमा । मलाई नसराप्नु है ।

ओछ्यानमा पल्टिएर छोराको प्रतिक्षा गरिरहेको त्यो दीर्घ रोगी बालाई पनि भन्दिनु है आमा छोरा आउँदै छरे, तर पिलेनबाट झरेपछि हिँड्न सक्दैन बोक्नु पर्छ अरे ।

अनि छोराले बा लाई बोलाउने छैन आफैँ सोध्नु पर्छ अरे भनि खबर छोडिदिनु है ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।