सप्तरी, १३ माघ ।
नेकपा ओली समूहका नेता एवं कामचलाउ सरकारका बिना विभागीयमन्त्री ईश्वर पोखरेलले ओली नेतृत्वको समूह नै आधिकारिक नेकपा भएको दाबी गरेका छन् ।
सप्तरी सदरमुकाम राजविराजमा मंगलबार ओली समूहको सभालाई सम्बोधन गर्दै पोखरेलले प्रचण्ड र माधव नेपाल मुल पार्टीबाट चोइटिएर गएको दाबी गरे । पोखरेलले आगामी निर्वाचनमा केपी ओलीकै हस्ताक्षरमा टिकट वितरण हुने जिकिर गरे ।
प्रचण्ड र नेपाललाई चुनाव लड्न टिकट चाहिने भए पार्टीमा फर्कन पोखरेलको आग्रह थियो । ‘निर्वाचनमा केपी ओलीको हस्ताक्षरमा टिकट वितरण हुन्छ’, पोखरेलले प्रचण्ड र नेपालको नाम लिँदै भने, ‘चुनाव लड्न टिकट चाहिने भए पार्टीमा आउनुस् ।’
प्रधानमन्त्री ओलीविरुद्ध प्रस्तुत आरोपपत्र फिर्ता लिन तयार भए प्रचण्ड र नेपाललाई पुरानै हैसियतमा स्वागत गर्न आफूहरु तयार रहेको पोखरेलको भनाइ छ ।