मलेसियामा संक्रमण तिब्र : आज पनि ३ हजार ५८५ संक्रमित थपिए

हाम्रो सन्देश संवाददाता

काठमाडाैँ, १३ माघ ।

मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण ११ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ७०० जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३ हजार ५८५ जना रहेकाे छ ।

मलेसियामा हालसम्म १ लाख ९० हजार ४३४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै आज ४ हजार ७६ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये १ लाख ४९ हजार १६० जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केही समय अघि सक्रिय संक्रमितको सङ्ख्या ५१ जना मात्रै रहेको मलेसियामा हाल ४० हजार ५७४ जनामा सक्रिय संक्रमण रहेको छ ।