सुनको मूल्यमा गिरावट, चाँदीको स्थिर

हाम्रो सन्देश संवाददाता

काठमाडाैँ, १३ माघ ।

नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार सामान्य गिरावट भएर ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ । गत ३ दिनयता चाँदीको मूल्य १२६० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको हो ।

५५ रुपैयाँमा टेलिकमले ल्यायो अनलिमिटेड युट्युब र फेसबुक प्याक

नेपाल टेलिकमले संविधान दिवसका अवसरमा अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक र एड–अन प्याक उपलब्ध गराउन आवश्यक तयारी पुरा गरेको छ।

यही असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक ५५ रुपैयाँ प्रति प्याकमा खरिद गर्न सकिने टेलिकमले जनाएको छ। यस्तो प्याक खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ।

साथै, अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपैयाँमा १ जीबी डाटा प्याक खरिद गरी प्रयोग गर्न सकिने सुविधासमेत उपलब्ध हुनेछ। यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ।

हाल समर अफरअन्तर्गत २८ दिनको समयावधि हुने दैनिक १ जीबी डाटा प्याक ८५० रुपैयाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४.७ प्रतिशतको भारी छुट प्रदान गरिएको उल्लेख गरिएको छ। सो अनुसार यो प्याक २०७७ असोज २, ३ र ४ गते जम्मा ५ सय ५५ रुपैयाँमा उपलब्ध हुनेछ ।

संविधान दिवसका अवसरमा उपलब्ध गरिएका यी अफरहरु एस्टिक १४१५ एस्टिक ११ ह्यास् डायल गरी प्राप्त गर्न सकिनेछ। साथै, ग्राहकको सहजताका लागि नेपाल टेलिकम एपबाट समेत यी प्याक खरिद गर्न सकिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ।