काठमाडाैँ, १० माघ ।
२३ साउनमा नेपाली बजारमा तोलाको एक लाख ३ हजार ५०० रूपैयाँ पुगेको सुनको भाउ आज ९३ हजार १ सयमा झरेको छ । तोलामा एक हजार २ सय रुपैयाँ घटेर सुनको मुल्य आज तोलाको ९३ हजार एक सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो पनि सुनको मुल्य तोलामा एक हजार २ सय रुपैयाँ नै घटेर तोलाको ९४ हजार ३ सय रुपैयाँ थियो । केही दिनयता नाफा सुरक्षित गर्नको लागि अन्तर्राष्ट्रिय बजारमा सुन बिक्रीमा आएपछि मुल्य घट्दै गएको महासंघले अन्तर्गतको मुल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो ।
करिब एक महिनाको अवधिमा सुनको भाउ तोलामा १० हजार रूपैयाँले ओरालो लागेको छ । अमेरिकामा रोजगारी बढ्दा सुनचाँदीको मूल्य घट्ने गरेको एजेन्सीहरू बताउछन् ।
https://www.youtube.com/watch?v=je45j1rnLAo&t=11s