निर्वाचित ओलीले नै संवैधानिक ‘कू’ गरेका छन्, फेरि केपी ओलीसँग झुक्दैनौंः माधव नेपाल

हाम्रो सन्देश संवाददाता

काठमाडाैँ, ९ माघ ।

पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपाको प्रचण्ड-नेपाल समूहका समूहका अध्यक्ष माधवकुमार नेपालले शुक्रबारको प्रदर्शनमा जनआन्दोलनको झल्को देखिएको बताएका छन् ।

तर, यो कास्टिङ मात्र भएको भन्दै उनले भने, ‘फिल्म सुरु हुन बाँकी नै छ ।’

आफ्नो समूहले काठमाडौंमा आयोजित विशाल विरोध सभालाई सम्बोधन गर्दै नेपालले ओलीलाई पार्टीले दण्ड दिन सुरु गरिसकेको बताएका छन् ।

अध्यक्षबाट हटाउनुका साथै साधारण सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधिएको बताए । आफू भर्खर सुर्खेतबाट आएको भन्दै अध्यक्ष नेपालले भने, ‘उहाँले कतै मैले गल्ती गरेँ भनेर पत्र पो पठाएको छन् कि ? म पनि संसद पुन:स्थापनाको आन्दोलन सहभागी हुन्छु भन्नु भएको छ कि ? मैले हाम्रा नेताहरुलाई सोध्न पाएको छैन । तर, त्यस्तो जवाफ नआएको भन्दै उनले भने, ‘फेरि केपी ओलीसँग झुक्ने काम गर्ने छैनौं ।’

पार्टीमा ओलीले ५० वर्षदेखि आफूलाई दुःख दिएको र अहिले पार्टी एकतापछि प्रचण्डलाई पनि ओलीले यसरीनै सताएको उनले बताए । संसद विघटन गरेर ओलीले संवैधानिक कू गरेको भन्दै उनले ओली अब उप्रान्त कम्युनिष्ट नरहेको पनि बताएका छन् ।