काठमाडाैँ, ९ माघ ।
चन्द्रागिरी हिल्सको आइपीओ आज बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा बिहान १० बजे आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको छ । कम्पनीको आइपीओ प्रि– अलोटमेन्ट बुधबार (माघ ७ गते) नै सम्पन्न भइसकेको छ ।
चन्द्रागिरी हिल्सको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । कम्पनीको आइपीओमा कुल १२ लाख ५६ हजार ७४६ जनाले आवेदन दिएको बिक्री प्रबन्धकले जनाएको छ । ४५ हजार ६३१ आवेदन रद्द भएका बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ।
यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको १३ लाख ९६ हजार २२ कित्तालाई आधार मान्दा १ लाख ३९ हजार ६०२ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १० लाख ७१ हजार ५१३ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।चन्द्रागिरी हिल्सले पुस २४ गतेबाट २८ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ दरमा आइपीओ निष्कासन गरेको थियो ।
यसैबीच, चन्द्रागीरि हिल्सले स्थानीय तथा सर्वसाधारणका लागि आह्वान गरेको साधारण शेयरमा आवेदन दिने आवेदकलाई केवलकार यात्रामा २५ प्रतिशत छुट दिने घोषणा पनि गरिसकेको छ । आवेदनकर्ताले एक वर्षसम्म यस्तो छुट पाउनेछन् ।