आज बि. सं.२०७७ माघ ८ गते बिहीबार , हेर्नुहोस् तपाइको आजको राशिफल

हाम्रो सन्देश संवाददाता

मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ)

समयमा कामहरु सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । तपार्ईंको लुवाइख्वाइ देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । सामाजिक काम गरी समाजमा सम्मानित हुने योग रहेको छ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)

आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाइने हुँदा कामहरु थाँती रहनेछ । व्यापारमा लगानी गर्ने समय नरहेकोले केही समय पर्ख र हेरको रणनीति अपनाउनुहोला । माया प्रेममा अरूकै नकारात्मक टीका टिप्पणीले मनमुटाव बढ्ने योग रहेको छ भने पति पत्नीबीच अविश्वास बढ्ने योग रहेको छ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्यसम्वन्धी समस्या आउनेछ । लामो दुरिको विदेश यात्राको तय हुनेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)

लाभ भावमा रहने चन्द्रमाले खनिज पदार्थ तथा पानीसँग सम्बन्धित कामहरुबाट लाभ लिन सकिनेछ । पढाइ लेखाइमा राम्रो तथा सम्मानजनक स्थान प्राप्त हुने हुँदा मन खुसी रहनेछ । माया प्रेममा एकअर्कालाई बिश्वास गर्दै अगाडी बढ्ने समय रहेकोछ । विभिन्न किसिमका मानव निर्मित सामानहरु प्राप्त हुनेछन् भने आफूसँग भएको सीप प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । सामाजिक काम गरी राज्यबाट पद प्रतिष्ठा पाउने गतिलो योग रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डी, डु, डे, डो)

नयाँ काम गरी समाजको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । रोजगारीका अवसर सिर्जना गरी मनग्य धन सम्पत्ति कमाउन सकिनेछ । राजनीति तथा समाज सेवामा समय दिनेहरुले राज्यबाट लाभ पाउनेछन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ सफलताको सिँढीहरु चढ्न सकिनेछ । व्यापार व्यावसायमा लगानी बढाई धन कमाउन सकिने समय रहेको छ । प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)

महत्त्वपूर्ण जिम्मेवारी सम्पादन गर्नका लागि अवसर जुर्नेछ । राज्य तथा राजनीतिमा सम्मानजनक उपस्थिति रहने हुनाले जनताको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टीका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रासँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

व्यापार व्यावसायमा नाफा कमाउन बढी नै सङ्घर्ष गर्नुपर्नेछ । कामका सवालमा उठ्ने गोप्य कुराहरु बाहिर आउन सक्ने हुनाले सजक रहनुपर्नेछ । श्वासप्रश्वास तथा छातीसम्बन्धी समस्याले सताउने हुँदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदी बहिनीसँग मनमुटाव बढ्ने योग रहेको छ । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला, दिन मध्ययम रहेको छ । बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)

व्यावसाय फस्टाएर जाने हुनाले मनग्य नाफा कमाउन सकिने तथा थप लगानी गर्न सकिनेछ । लामो दूरीको व्यावसायिक यात्राको अधिक सम्भावना रहेको छ । सवारी साधन तथा भौतिक सम्पत्ति हातलागी हुनेछ भने विलासी वस्तुहरुको प्रयोगमार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिने हुँदा मन प्रसन्न रहनेछ । नोकरी पाउने तथा पदोन्नतिको प्रशस्त सम्भावना रहेको छ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)

न्यायालयबाट हुने व्यावसायिक निर्णयहरु तपार्ईंकै पक्षमा फैसला हुनाले खुसीले उचाइ नाघ्नेछ । पढाइलेखाइमा नसोचेको सफलता हात लाग्नेछ । व्यापारमा वृद्धि हुनेछ भने थप ठाउँमा लगानी गर्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाइने हुँदा आँट तथा पराक्रम बढेर जानेछ । पुराना समस्याहरु सल्टाउन सकिने तथा नयाँ कामको थालनी गर्न सकिनेछ । प्रेममा सामीप्यता बढेर जाने तथा उपाहार प्राप्तिको गतिलो योग रहेको छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

आकस्मिक धन तथा सम्पत्ति लाभ हुनेयोग रहेको छ भने सेयर बजार तथा सट्टाको व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइलेखाइमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्य धन लाभ हुनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुहरुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न हुनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने तथा मायामा सामीप्यता बढेर जानेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)

प्रयत्न गर्दा महत्त्वपूर्ण कामहरु सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने व्यापार व्यावसाय सुरु गर्न सकिनेछ । आम्दानी बढ्ने हुँदा लगानी गर्ने अवसर जुर्नेछ । आफन्त तथा जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । कृषि सहकारी व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्य आम्दानी बढाउन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)

साहसिलो काम गर्ने जोसजाँगर आउनेछ भने खेलकुद तथा यस्तै गतिविधिमा तपार्ईंको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा परिणाममुखी उपलब्धि हासिल गर्न सकिनेछ भने छोटो दूरीको शैक्षिक यात्राको अधिक सम्भावना रहेको छ । दाजुभाइ तथा आफन्तसँग मिलेर गरिने जुनसुकै व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न होइनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नी बीच मायाको गाँठो कसिलो भएर जानेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

व्यापार व्यावसायमा बढोत्तरीको योग रहेको छ भने आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जाँगर चल्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ भने थोरै बोलेर प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।