६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प,ठूलै हलचल उत्पन्न

हाम्रो सन्देश संवाददाता

अर्जेन्टिना, ६ माघ ।

ब्युनस आयर्स, एएफपी – दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पबाट अर्जेन्टिनाको पश्चिम तथा मध्य क्षेत्रमा ठूलै हलचल उत्पन्न भएको थियो । तर उक्त क्षेत्रमा कुनै क्षति भए नभएको बारेमा केही थाहा भइनसकेको प्रहरीले जनाएको छ ।

भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर ४५ मिनेटमा भूकम्प गएको थियो । यो भूकम्प जमिनको सतहबाट करिब २० किलोमिटर गहिराईमा गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भूकम्पको केन्द्र सान जुआन प्रान्तको पोसिटी नगर क्षेत्र नजिक रहेको थियो । यो ठाउँ अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सबाट करिब एक हजार किलोमिटर टाढा छ ।

भूकम्पका कारण सान जुआन प्रान्तका कतिपय शहर बजारमा केहीबेर विद्युत आपूर्ति बन्द भएको थियो ।
भूकम्पको धक्का मेन्डोजा कोर्डोब सान्ता फेला रियोजो र ब्युनस आयर्स प्रान्तमा पनि महशुस गरिएको थियो ।

डब्ल्यूएचओले गऱ्यो १३ देश तथा आइल्याण्डलाई कोरोनामुक्त घोषणा

जेनेभा– संसारका विभिन्न देशहरुमा कोरोना रोकथामका लागि खोप अभियान शुरु भइसकेको छ ।
यसैबीच अब संसारका १३ देश तथा आइल्यान्डहरु कोरोनामुक्त भएको विशव स्वास्थ्य संगठनले आफ्नो साप्ताहिक रिपोर्टमा बताएको छ ।ती स्थानहरुमा अब कोरोनाका कुनै संक्रमित नभएको जनाइएको छ ।यद्यपि त्यहाँ अहिले पनि सावधानि अपनाउनु आवश्यक छ ।

संसारका १ सय ३१ देशहरुमा संक्रमणको कम्युनिटी ट्रान्समिशन भइरहेको कुरा चिन्ताजनक रहेको छ ।जनवरीमा सबैभन्दा धेरै संक्रमण र मृत्युसंसारका विभिन्न देशहरुमा खोप अभियान शुरु भएता पनि कोरोनाको खतरा अझै पनि यथावत रहेको छ ।जनवरीका यी १८ दिनमा सबैभन्दा धेरै कोरोनाका विरामीहरु फेला परेका छन् भने सबैभन्दा धेरैको मृत्यु पनि भएको छ ।जनवरी ८ मा संसारमा सबैभन्दा धेरै ८ लाख भन्दा बढि संक्रमित फेला परेका थिए ।
यो भन्दा पहिला यति ठुलो संख्यामा संक्रमित फेला परेका थिएनन् ।त्यस्तै जनवरी १३ मा सबैभन्दा १६ हजार ५३७ मानिसले कोरोनाका कारण ज्यान गुमाएका छन् ।