आज पनि घट्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ५ माघ ।

आज साताको दोस्रो दिन अर्थात सोमबार पनि सुनको भाउ घटेको छ।

आइतबार ७ सय रुपैयाँले घटेको सुनको छापावाल मूल्य आज प्रतितोला २ सय सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९१ हजार ८०० सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजावी सुन ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको भाउ भने स्थिर छ। आज चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

आज पेट्रोल र डिजेलको भाउ बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ।

सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]