बेहुला बेहुली बने सरोज र आश्मा (भिडियो)

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

गायक सन्जिब पराजुली र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘मैले रोजेको जस्तो’को भिडियो सार्वजनिक भएको छ । गीतमा शिखर सन्तोषको संगीत र कैलाश नेपालको शब्द छ भने शैलेन्द्र एम प्रधान ‘बाबु’को एरेन्ज छ । गीतमा सुमन खड्काको मिक्सिङ र मास्टरिङ छ ।

भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मासँगै मनिषा सापकोटा, रश्मी भट्ट र अर्जुन गुरु फिचर्ड छन् ।

काठमाडौंको अनुप्रास्ता पार्टी प्यालेसमा छायांकन गरिएको गीतमा फराज अर्पणको छायांकन र सम्पादन, दिनसन शाहको रंग संयोजन र गणेश शाहीको निर्देशन छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]